Logo

मंगलबार पनि नेपाली शेयर बजार ऋणात्मक



साउन २२, काठमाण्डौ । मंगलबार पनि नेपाली शेयर बजार ऋणात्मक रह्यो । आज नेप्से परिसुचक १ दशमलब चार छ अंकले घटेको हो । ३ वटा समुहहरु बढेको छ भने बाँकी ७ वटा समूहहरु घटेका छन् ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ४६ अंकले घटेर १ हजार १ सय ८८ दशमलव २१ को बिन्दुमा कारोबार बन्द भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव २६ अंकले घटेर २ सय ५० दशमलव ६५ अंकमा पुगेर बन्द भएको छ ।

आज १ सय ५७ कम्पनीहरुका ९ लाख ९ हजार ३४१ कित्ताको शेयर खरिदबिक्री भई २१ करोड ३७ लाख ९१ हजार ३१५ रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार प्रोगेशिभ फाइनान्सको प्रमोटरको शेयर भएको छ । जसको आज ३ करोड ४६ लाख ९७ हजार २३७ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कमाउनेमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र प्रोगेशिभ फाइनान्सका लगानीकर्ताहरु रहेको छ । जसको शेयर मूल्यमा लगभग १० प्रतिशतले बढेको छ । त्यस्तै भार्गव विकास बैंकको पनि ८ दशमलव ८० प्रतिशतले बढेको छ ।

सर्वाधिक गुमाउनेमा फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेको छ । जसको शेयर मूल्यमा ९ दशमलव ५१ प्रतिशतले घटेको छ । यस दिन ३ वटा समुहहरु बढेको छ भने बाँकी ७ वटा समूहहरु घटेका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर विगतमा राम्रै आम्दानी गरेका दश उत्पादमूलक उद्योग तथा कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा कारोबार शून्य हुँदा लगानीकर्ताको दुई अर्ब ६४ करोड जोखिममा परेको छ ।

शेयरको मूल्य करिब शून्य हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपनि ती कम्पनीका दुई करोड ६४ लाख ३९ हजार ७५६ कित्ता शेयर विगत लामो समयदेखि खरीद बिक्री भएको छैन । उनीहरुले स्टकमा हालसम्म सम्पर्क समेत गरेका छैनन् । करिब रुपैयाँ दुई अर्ब ६४ करोड ३९ लाख ७५ हजार ६०० रुपैयाँ बराबरको लगानीकर्ताको लगानी करिब डुबेको छ । स्टकमा कारोबार नभएका ती उद्योग तथा कम्पनी धेरैजसो बन्द भइसकेका छन् ।

नेपाल स्टक एक्चेन्जमा कम्पनीहरुको नयाँ शेयर सुचिकृत हुन् अझै कहिँ समय लाग्ने भएको छ । नेप्से संचालक समितिको बैठकले धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुमोदन नगर्दा शेयर सुचिकृत हुन् नसकेको हो । शेयर सुचिकृत हुन् नसक्दा लगानीकर्ताको करोडौको सम्पति बन्धकमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्