Logo

‘गलत वातावरणीय कानून’का कारण क्यालिफोर्नियामा डढेलो फैलियोः ट्रम्प



काठमार्डाैँ,२२ साउन । ‘खराव वातावरणीय कानून’ का कारण अमेरिकी राज्य क्यालिफोर्नियाको डढेलोलाई नियन्त्रणमा ल्याउन समस्या परेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन। कानूनले उपलब्ध पानीलाई उचित ढङ्गले उपयोग गर्न अनुमति नदिएपछि राज्य नै डढेलोका कारण आक्रान्त बनेकोाअमेरिकी राष्ट्रपतिले दावी गरेका छन ।

राष्ट्रपति ट्रम्पको भनाई अनुसार “क्यालिफोर्नियाको डढेलो दिनप्रतिदिन फैलिएको छ र यसले राज्यका जनतामा नराम्रो प्रभाव परेको तर यस अवस्थामा पनि उपलब्ध पानीलाई यथोचित रूपमा उपयोग गर्न वातावरण कानून समस्या भएको छ । क्यालिफोर्नियाको पानी प्रशान्त महासागरतर्फ लगिएकोले आगो निभाउन पानीको अभाव भएको उनको दावी रहेको थियो ।

“आगो नियन्त्रणका लागि रूखहरू फाँड्न जरूरी छ तर वातावरण कानूनले यसलाई रोक्छ,” राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेका छन । अमेरिकी राष्ट्रपतिले थप लेखेका छन, क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउन ले पानीको वहावलाई उत्तरबाट स्वतन्त्र बग्न दिनुपर्नेमा ‘मूखर्तापूर्ण तरिकाले प्रशान्त महासागरतर्फ लगिएको’ छ ।

प्रशस्त पानीसहितको क्यालिफोर्नियाको कल्पना गरौँ त यो पक्कै पनि राम्रो हुनेछ । संघीय सरकारले छिट्टै स्वीकृति दिनु पर्छ, ट्वीटर सन्देशमा उल्लेख गरिएको छ ।

क्यालिफोर्नियामा विनासकारी डढेलोले राज्यमा वितण्डा मच्चाएको छ । यसका कारण राज्यकै इतिहासमा दोस्रो ठूलो क्षति पु¥याएको बताइएको छ ।

विभिन्न १७ स्थानमा फैलिएको डढेलोे नियन्त्रणका लागि हजारौँ अग्नी नियन्त्रकले अनवरत काम खटिरहेको भएपनि एक हप्ता पहिलेदेखि शुरु भएको आगो अझै तातो, सुख्खा तथा तुफानी रूपमा फैलिइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्