Logo

बिमस्टेक सम्मेलनका लागि बुलेटप्रुफ गाडी र जामर भाडामा ल्याउने तयारी



काठमाडौं २३ साउन । गृह मन्त्रालयले चौथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा बुलेटप्रुफ गाडी र जामर भाडामा ल्याउने भएको छ ।

सुरक्षा निकायहरुसँग भएका साधनस्रोत समेतलाई प्रयोग गर्नेगरी अपुग सवारी र जामर भारतबाट ल्याउने तयारी भइरहेको सम्मेलन व्यवस्थापन बैठकमा सहभागी एक सदस्यले बताए ।

यसका लागि परराष्ट्र मन्त्रालयलाई प्रक्रिया थाल्न पनि अर्थ मन्त्रालयले आग्रह गरिसकेको छ ।

प्रहरीसँग २ वटा जामर र ४ वटा बुलेटप्रुफ गाडी छन् । तर नियमित रुपमा सञ्चालनमा नरहेका कारण आपतकालिन अवस्थामा समस्या पर्न सक्ने जानकारी प्रहरीले गराइसकेको छ ।

यस्तै प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसँग पनि १/१ वटा बुलेटप्रुफ सवारी छन् । सेना र सशस्त्रसँग भएका बुलेटप्रुफ सवारी पनि सम्मेलनमा प्रयोग गर्नुपर्ने प्रस्ताव अर्थ मन्त्रालयले गरेको छ । –कारोबार दैनिकबाट



प्रतिक्रिया दिनुहोस्