Logo

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन



काठमाडौँ, २३ साउन /वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ ।

आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवास (गुफा)बाट बाहिर निस्कनु भएको थिएन ।

उहाँको आत्मकथा ‘हर्मिताज : अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’का प्रिन्सिपल डा मञ्जु मिश्रका पिता हुनुहुन्छ ।

कान्छो छोरा विदेशबाट आएपछि सम्भवतः बिहीबार मिश्रको अन्त्येष्टि गरिने छ । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot