Logo

भदौको पहिलो साताभित्र केन्द्रदेखि स्थानीय तहसम्म पार्टी एक भईसक्छ : प्रचण्ड



पर्सा, २३ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एकभई सक्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला तथा नगरस्तरिय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेलालाई सम्बोधन र्गन पर्साको वीरगञ्ज पुग्नुभएको अध्यक्ष प्रचण्डले २५ गतेसम्म तलबाट सुझाव मागेको र सोही सुझावका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने बताउनु भएको हो ।

अध्यक्षले रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ती गर्ने बारेमा प्रधानमन्त्रीसँग हिजोमात्र छलफल भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘संविधानले व्यवस्था गरे अनुसार अ? संवैधानिक आयोगह? पनि निर्माण गर्ने बारेमा छलफल भएको छ । प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिनुहुन्छ ।’

उहाँले न्यायालयको नेतृत्व खाली नहुने बताउनुहुँदै संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाई नै मुख्य कुरा भएको बताउनुभयो ।

‘हामीले संसदीय सुनुवाइ समितिको व्यवस्था राखेको संसदको सर्वोच्चतालाई स्थापित गर्ने उद्देश्यले राखिएको हो । त्यसकारण त्याहाँ पर्ने उजुरी र त्यसमा सांसदह?ले गर्ने छानबिनमा भर पर्छ ।’

उहाँले भन्नुभयो, ‘संवैधानिक परिषदबाट सिफरिस भएपछि संसदले त्यसलाई अनुमोदन गर्नै पथ्र्यो भन्ने एउटा बहस छ भने अर्को संसदको सर्वोच्चता स्थापित गर्नका लागि सुनुवाई समितिमा परेका उजुरीमाथि स्वतन्त्रतापूर्वक सांसदले छानविन गर्न पाउनु पर्छ भन्ने बहस छ । हामीले संसदको सर्वोच्चतालाई महत्व दियौं र स्थापित गर्यौं ।



प्रतिक्रिया दिनुहोस्