Logo

गैरआवासीय राजदूत नियुक्त



काठमाडौँ, २३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्टे«लियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई गणतन्त्र फिजीको राजदूतका नियुक्त गरेकि छिन ।

त्यसैगरी उनले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याल र प्रकाशकुमार सुवेदीलाई क्रमशः लिबिया र स्लोभेनियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले नियुक्ति गरेको जनाईएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्