Logo

वादी समुदायको चेतावनी : अर्धनग्न भएर सिंहदरबार आउन नपरोस



साउन २३, काठमाण्डौ । सरोकारवालाहरुले वादी समुदाय उत्थान विकास समिति कायम नरहे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

वादी समुदायको मागलाई कसैले गम्भीर भएर नसोचे महिला पुरुष अर्धनग्न भएर सिंहदरबारको गेटमा चढने उनिहरुको चेतावनी छ । वादी समुदाय उत्थान विकास समितिले बुधबार ललितपुरमा आयोजना गरेको परिवर्तित समयमा वादी समूदाय समितिको औचित्यता बिषयक छलफलमा समितिका सदस्य सचिव महेश नेपालीले बादी आन्दोलन सडकबाट नै स्थापित भएकाले पुन सडकमा जान कुनै आपत्ती नभएको बताए ।

उनले वादी समुदाय उत्थान विकास समितिले वादी समुदायको हकहितका लागि अझै धेरै काम गर्न पर्ने भएकाले कुनैपनि हालतमा समिति खारेज गर्न नहुने बताए । कार्यक्रममा वादी निर्मला कुमारी गुप्ताले वादी समुदायको अस्तित्वको ख्याल नगरि मानवअधिकारको हनन गरेर पैसा कमाउनेहरुलाई कसैले पनि छोडन नहुने बताइन् ।



प्रतिक्रिया दिनुहोस्