Logo

नेपाल मेडिसिटी हस्पिटल र नेपाल ईन्भेष्टमेन्ट बैंकबीच सम्झौता



काठमाडौं, २३ साउन । ललितपुरको भैंसेपाटीमा अवस्थित् नेपाल मेडिसिटी अस्पताल र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सेवाग्राहीलाई विशेष छुट दिनेबारे आज सम्झौता भएको छ ।

बुधबार एक समारोहकाबीच अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र नायव महाप्रबन्धक बिजेन्द्र सुवालले हस्ताक्षर गरेसंगै इन्भेष्टमेन्ट बैंकका कर्मचारी र सेवाग्राहीले अस्पतालबाट विशेष छुट पाउने भएका छन् ।

सम्झौता कार्यान्वयनमा आएसंगै बैकका विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रममा अस्पतालको सहभागिता रहने र अस्पतालका विभिन्न योजनामा बैंकले साथ दिने भएको छ । खासगरी बैंकका कार्ड उपभोक्ताले उपचारमा सहुलियत प्राप्त गर्ने अस्पतालले जनाएको छ ।

अस्पतालका महाप्रबन्धक रिमालले मुलुकको बैंकिङ्ग क्षेत्रमा सशक्त भूमिका खेल्दै आएको नेपाल इन्भेष्टमेन्ट बैंकसंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।

त्यस्तै, बैंकका नायव महाप्रबन्धक सुवालले सर्वसुलभ स्वास्थ्योपचार गराउँदै आएको नेपाल मेडिसिटीसंग सहकार्य गर्न उत्साहित रहेको प्रतिक्रिया दिए।



प्रतिक्रिया दिनुहोस्