Logo

नारायणकाजिको बारेमा आज-भोलिमै सहमति हुन्छः भीम रावल



काठमाडौं, २४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रवक्ताबाट राजिनामा दिएका नारायणकाजि श्रेष्ठका बारेमा छलफलको माध्ययम मार्फत सम्यक निष्कर्ष निकाल्नु पर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने लोकप्रिय कार्यक्रम नेपाली वहसमा ऋषि धमलासँगको कुराकानिमा नेता भीम रावलले यस्तो बताएका हुन ।

नेकपाका प्रवक्ता नारायणकाजि श्रेष्ठले राजिनामा किन दिनु भएको नि ? भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘मैले सुनेको छु, यसका बारेमा के ? किन ? भन्ने बारेमा छलफल हुन्छ, सचिवालयको वैठकमा यसका बारेमा पनि छलफल हुन्छ, हाम्रो मनमा पनि त्यस्ता केही विषयहरु हुनसक्दछन्।’

उनले भदौ पहिलो हप्ताभित्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भातृ संगठनहरु एकतामा बाँधिने समेत बताएका छन् । कुनै पनि विवाद एकता सम्भव छ भनेर सोधिएको प्रश्नको जवाफमा नेता रावलले भने,‘यो दुनियाँमा चुनौति बिनाको कुनै काम हुन्छ र ? चुनौति छ, भातृ संगठनहरुलाई पार्टीले निर्देशन दिईसकेको छ, समयमै एकता हुन्छ, चुनौतिको सामना गर्न हामी तयार छौं।’

उनले अघि थपे,‘पार्टी एकता पछि कार्यकर्ताहरु काम बिहिन बनेको स्थिति छ, तत्काल भातृ संगठनहरु एकतामा बाँधिएपछि काममा लाग्छन्, सबैले जिम्मेवारी पाउछन्, त्यो भनेको पदमात्रै होईन,मानिसलाई काम गर्न पद आवश्यक भएपनि मिलेर अघि जानुको कुनै विकल्प छैन्।’

स्थायि कमिटिका सदस्य समेत रहेका नेता भीम रावलले नेकपामा आफ्नो जिम्मेवारी निःसन्देशह रहने बताए । उनले भने,‘म ०३१ सालदेखि मुलुकको बिकास र राष्ट्रियताको लागि लड्दै आएको मान्छे हुँ, शान्ति प्रक्रिया, संविधान लेखनको बेलामा मेरो भूमिका उलेख्य रह्यो, आजपनि भातृ संगठनहरुलाइ कसर्री एकिकरण गर्ने भन्ने बारेमा जुटिरहेको छु ।’



प्रतिक्रिया दिनुहोस्