Logo

राज्यले अधिकार नदिनुमा हामी नै दोषी हौं : राजेन्द्र महतो



काठमाडौं, २४ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले शोषणमा परेका नागरिकहरुको पहिचान र अधिकार वर्तमान संविधानमा नभएको गुनासो पोखेका छन् । उनले भने,‘हामी हाम्रो अधिकारलाई स्थापित् गराउनको लागि संघर्षरत छौं । अधिकार प्राप्तिको लागि हाम्रो लडाई जारी छ ।’

बिहीबार आदिवासी जनजाति महासंघले २४ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महतोले भने,‘कहिल्यैसम्म हामी यस्ता खाले दिवसहरु मनाएर राज्यसँग आफ्नो प्राप्त गर्नको लागि भीख माँगिरहने ? कहिलेसम्म रोइरहने ?’

दुई तिहाईभन्दा बढि जनसंख्या भएको जनताको मागलाई सरकारले बेवास्ता गर्न नहुने उनको धारणा छ । उनले भने,‘यसमा दोषी त हामी नै छौं । यसको खोजबिन हुनुपर्छ । हामी सबै मिलेर जानुपर्छ । केही वर्गको व्यक्तिलेमात्रै मुलुकको शासन चलाईरहेका छन् । तर, हामी दुई तिहाई भन्दा बढि जनसंख्या भएकाहरुले उनीहरुसँग निरिह भएर आफ्नो अधिकार माँगिरहेका छौं । यसको दोषी हामी आँफै हो ।’

उनले अब आफूहरुले माँग्नेमात्रै नभएर अधिकार विनियोजन गर्ने समेत बताए । उनले भने,‘अब फुटेर होईन जुटेर अधिकार लिनुपर्छ । शोषणमा परेका जनताहरुको अधिकार दिलाउनुपर्छ । हामी मिलेर एक भई सडकमा आयौं भने राज्य भोलिपल्टै हाम्रो घरमा गएर हामीलाई अधिकार दिन्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot