Logo

रामचन्द्र पौडेलको प्रश्न–जनजाति–मधेशी किन केपी ओलीको पछिपछि ?



साउन २४, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनजाति र मधेसी नेताहरुले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

२४ औं विश्व आदिवासी दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता पौडेलले जनजाति नेताहरुले टीका लगाउनु हुँदैन भनेर भाषण गर्ने तर, दौडिएर राजा कहाँ टीका लगाउन जाने गरेको दाबी गरे । जनजाति र मधेशीहरुले केपी ओली मधेस विरोधी हो भन्ने तर, सत्ताका लागि उनै ओली कहाँ दौडिएर जाने गरेको पौडेलेको टिप्पणी थियो ।

आफ्नो पार्टीको विधान र केन्द्रीय कमिटी अरुको भन्दा समावेशी भएको भएको दाबी गर्दै पौडेलले अरु दलले समावेशीको नारा मात्रै लगाएको बताए ।

कांग्रेस नेता पौडेलले मन्त्री हुँदा आफूले नै जनजाति प्रतिनिधिसँग २० बुँदे सम्झौता गरेको र त्यसअनुसार आईएलओ १ सय ६९ लाई संसदबाट पास गराएको स्मरण गराए । आफूले सम्झौताप्रति प्रतिवद्ध रहेर सरकार र संसदमा प्रस्तुत गरेको उनले बताए । आदिवासी जनजाति प्रतिष्ठान आफूहरुले नै स्थापना गरेको पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस्