काठमाडौँ, २४ साउन : काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले सडक विभाग, नेपाल खानेपानी संस्थान, नेपाल विद्युत् प्रधिकरण र नेपाल टेलिकमजस्ता सबै निकाय कामपाको मातहतमा हुन आवश्यक रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको छलफल कार्यक्रममा उपप्रमुख खड्गीले ती निकाय महानगरभित्र रहेको तर विकासको काम गर्दा समन्वय नगरी काम गरेका हुँदा समस्या आएकाले तिनलाई महानगर मातहतमा आउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “ती निकायसँग समन्वय नहुँदा महानगरले बनाउँदै गरेको केही संरचना अन्य निकायले बिगार्ने र भत्काउने गर्छन्, त्यसको जिम्मा कसले लिने ? जे भए पनि दोष हामीलाई दिनुभएन, नागरिकले यो कुरो बुझ्नुप¥यो ।”
“मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने कामले गर्दा काठमाडौँका जनताले धुलो खानुपरेको छ, पाइप बिच्छ्याउने काम सम्पन्न भएपछि धुलोको समस्या हट्छ”, उहाँले स्पष्ट पार्नुभयो । हाल काठमाडौँको मुख्य समस्याका रुपमा रहेको फोहरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि बञ्चरेडाँडा नै उपयुक्त रहेको उहाँले जिकिर गर्नुभयो ।