Logo

थाई गुफाबाट बाचेर फर्कीएका तिन बालक र प्रशिक्षकलाई नागरिकता



काठमाडौँ, २५ साउन । थाई सरकारले गत महिना गुफाबाट नाटकीय रूपमा उद्धार गरिएका फुटबल टोलीका तीन सदस्य र उनीहरूका प्रशिक्षकलाई नागरिकता दिएको छ।

गुफामा फसेको तीतो अनुभवका माझ ती बालकहरू र उनीहरूका प्रशिक्षक देशको दक्षिणपूर्वी क्षेत्रका नागरिकताविहीन चार लाख ८० हजार मध्येका भएको खुलेको थियो। त्यसपछि उनीहरूको नागरिकताका लागि द्रुतगतिबाट निवेदनहरूको आह्वान गरिएको थियो।

नागरिकता पाउने यी चार जना गुफामा फसेका १३ जनाको समूहका सदस्य हुन्।उनीहरूलाई दुई ब्रिटिश गोताखोरले नौ दिनपछि फेला पारेका थिए। तर उनीहरुको पहिलो समूहलाई उद्धार गर्न अरू छ दिन लागेको थियो।

त्यतिका दिनसम्म ती बालकहरूलाई सुरक्षित राखेको भनी प्रशंसा पाएका प्रशिक्षकको गुफामा फसेको १८ दिन अरू तीन बालकसहित उद्धार गरिएको थियो।थाईल्यान्डमै जन्मिएको भनिएका प्रशिक्षक एकापोन च्यान्टोओङ र अन्य तीन बालकहरूलाई बुधबार नागरिकता दिइएको हो।म्यास्साई जिल्लाका प्रमुखले उनीहरूलाई नागरिकता दिन सबै योग्यताहरू पुगेको बताएका छन्।

यद्यपि उनले अहिले नागरिकता दिनुमा गुफामा भएको घटनासँग सम्बन्धित नभएको पनि सामाचारमा बताएका छन ।थाईल्यान्डका धेरै नागरिकताविहीन मानिसहरू थाईल्यान्ड , म्यानमार, लाओस र चीनको सीमा क्षेत्रमा लामो समयदेखि बसिरहेका छन्।

संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायका अनुसार ती मानिसहरूको सङ्ख्या करिब चार लाख ८० हजार रहेको जनाईएको छ । बीबीसी



प्रतिक्रिया दिनुहोस्

Screenshot