Logo

ललितपुर शारीरिक सुगठनमा शाही



काठमाडौँ, २५ साउन । उमेशजंग शाहीको अध्यक्षतामा आठ सदस्यीय ललितपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ पुनर्गठन गरिएको छ ।

पुनगर्ठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा रोशन केसी, सचिवमा लक्ष्मण थापा र कोषाध्यक्षमा प्रज्ज्वल शाक्य रहेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका केन्द्रीय उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिएका छन । त्यसैगरी रविन तुलाधर, कर्ण थापा, इन्द्रबहादुर श्रेष्ठ र शुक्रबहादुर देउला सदस्यमा चयन भएका हुन। ।

यसैबीच नवनिर्वाचित अध्यक्ष शाहीले लामो समयदेखि हुन नसकेको मिस्टर ललितपुर शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएका छन । रासस



प्रतिक्रिया दिनुहोस्