Logo

स्वबियुद्धारा बाढी पीडितलार्ई घर हस्तान्तरण



पोखरा, २५ साउन । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन कास्कीले बाढीपीडित दुई परिवारलाई घर हस्तान्तरण गरेको छ ।

विस २०७४ साउन २४ गते आएको बाढीले घरबारविहीन बनेका माछापुच्छे गाउँपालिका –५ रिभानका कमला परियार र डम्बरबहादुर परियारलाई तीन कोठे घर हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाको रु पाँच लाख र विद्यार्थीले संकलन गरेको रु चार लाख ४७ हजार ६०० गरी कूल रु नौ लाख ४७ हजार ६०० को लागतमा घरनिर्माण गरिएको अनेरास्ववियु भूगोल जिल्ला कमिटी अध्यक्ष शेखर गौतमले जानकारी गराएका छन।

नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्कीका नेता विष्णु केसीले निर्माण सम्पन्न भएको घर हस्तान्तरण गर्दै विपदमा परेका परिवारलाई विद्यार्थीको सक्रियतामा निर्माण गरिएको घरले पीडित परिवारलाई राहत मिलेको जानकारी गराएका छन । रासस



प्रतिक्रिया दिनुहोस्