Logo

ओलीको सहमतिमा प्रचण्ड भारत जाने, मिति तय भयो



काठमाडौं, २५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही भदौ २२ गते मित्रराष्ट्र भारतको एक हप्ता भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा प्रचण्ड भारत जान लागेका हुन् । नेकपा निकट उच्च स्रोतका अनुसार अध्यक्ष प्रचण्डले भदौ २२ देखि २७ सम्म भारत भ्रमण गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड भारत जान लागेका हुन् । तर, प्रचण्ड भारत जानुपुर्व नै मोदी नेपाल आउने कार्यक्रम छ ।

सम्बन्धित समाचार :

मोदीको निमन्त्रणामा प्रचण्ड एक्कासी भारत जाँदै, यस्तो छ कारण

ओलीको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रचण्डको नयाँ विचार सार्वजनिक : नेपालको विकासमा मोदी र सी जिङपिङको साथ

भारतको भ्रमणलगत्तै प्रचण्ड चीन भ्रमणमा जाने बुझिएको छ । स्रोतका अनुसार उनी आउने असोज १ मा साताव्यापी चीन भ्रमणका लागि बेइजिङ जाने कार्यतालिका बनिसकेको ।



प्रतिक्रिया दिनुहोस्

Screenshot