Logo

उपचार त देउवाको बहानामात्रै, सिंगापुरमा भारतीय नेताहरु भेट्दै !



काठमाडौं, २५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला उपचारको लागि सिंगापुरमा छन् ।

देउवा स्वास्थ्य उपचारका लागि अस्ती बुधबार सिंगापुर प्रस्थान गरेका हुन् । उनीसँगै पत्नी डा आरजु राणा देउवा पनि त्यसतर्फ प्रस्थान गरेकी थिईन् ।

देउवा पेटको उपचार गर्न सिंगापुर गएका हुन् । उनको सिंगापुर बसाइ कति हुने भन्ने टुंगो लागेको छैन । त्यो उपचारको समयले निर्धारण गर्ने बताइएको छ । स्रोतको अनुसार उनको उपचार सिंगापुरको माउन्ट एलिजावेथ अस्पतामा हुने भनिएको छ ।

सिंगापुरमा उपचारको क्रममा देउवाले राजनीतिक भेटवार्तापनि गरिरहेको स्रोतको दाबी छ । खासगरी भारतीय नेताहरुसँग देउवाले राजनीतिक भेटवार्ता गरिरहेको स्रोतको दाबी छ ।

यसअघि उपचारमा सिंगापुर गएका नेपाली नेताहरुले पनि भारतीय नेताहरुसँग गोप्य भेटवार्ता गरेका समाचारहरु बाहिर आएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot