Logo

सत्तारुढ दलबाटै मागियो प्रधानमन्त्रीसँग अर्थमन्त्रीको राजीनामा



काठमाडौं २६ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले अर्थमन्त्री डा.युवराज खतिवडाको राजीनामा माग गरेका छन् ।

सत्तारुढ नेकपाका सांसद मेटमणि चौधरीले अहिलेका अर्थमन्त्रीबाट जनताको माग सम्बोधन हुन नसक्ने भन्दै राजीनामा मागेका हुन् ।

प्रदेश ५ का सांसद र प्रधानमन्त्रीसँगको छलफलमा उनले भने, ‘अहिलेको बजेटबाट जनताको माग सम्बोधन हुन सक्दैन, सकिन्छ भने बजेट करेक्सन गरौं, होइन भने अर्थमन्त्री नै चेञ्ज गरेर जानुपर्छ ।’

अर्थमन्त्री खतिवडाकै कारण चुनावअघि नेकपाप्रति रहेको जनताको आशा र भरोसा निराशामा परिणत हुन लागेको सांसद चौधरीको भनाई थियो ।

यस विषयमा प्रधानमन्त्री ओलीले भने सिधा जवाफ भने दिएनन् । उनले नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्दा देश ठूलो आर्थिक संकटमा रहेकाले बाध्य भएर अहिलेको जस्तो बजेट ल्याउनुपरेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot