Logo

‘प्रकाण्ड’लाई पक्राउ गरेर पूर्व कमरेडहरूले अरानीतिक व्यवहार देखाएः डा.भट्टराई



धनराज वास्तविकः काठमाडौं, २६ साउन । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई वर्तमान सरकारले पक्राउ गरेर अरानीतिक व्यवहार देखाएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस राख्दै केही दिन अघि पक्राउ परेका नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रक्राउ गरेको विषयलाई लिएर डा.भट्टराईले यस्तो आरोप लगाएका हुन ।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेकपा ‘बिप्लब समूह’ का नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई यसरी हतकडी लगाएर अराजनीतिक व्यवहार गर्नु आफुलाई कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो ? राजनीतिक मतभेदलाई सहन र सम्मान गर्ने संस्कार लोकतन्त्रको अहं पक्ष हो भन्ने कुरा पूर्व कमरेडहरूले कहिले बुझ्ने ?’

संयोजक भट्राईको स्टाटसको सारलाई हेर्ने हो भने पूर्व कमेरडहरु भन्नाले वर्तमान सरकारका गृहमन्त्री राम बहादुर थापा बादललाई इंकित गरेको सहज अनुमान लगाउन सकिन्छ ।

कुनै बेलासँगै जनगयुद्ध लढेका प्रचण्ड, बाबुराम, बादल र प्रकाण्डको कम्युनिष्ट आन्दोलनको यात्रा विभिन्न वर्तमान समयमाभागमा बाढिएको छ । शान्ति प्रक्रियामा आईसकेपछि पनि गृहमन्त्री राम बहादुर थापा ‘बादल’ र ‘प्रकाण्ड’ एउटै कित्तामा उभिएर प्रचण्डलाई छाडेका थिए ।

प्रचण्डको साथ छोडेर मोहन वैद्यको साथ रोजेका बादल र प्रकाण्ड पिछिल्लो समयमा आएर दुवै जनाले वैद्यलाई छोडेका थिए । प्रकाण्ड विप्लव तर्फ हानिए भने बादल पुनः प्रचण्डकोसाथ रोजेर नेकपाको सरकारका गृहमन्त्री बनेका छन् ।

अहिले विप्लव माओवादीले जनयुद्ध र शहिदहरुका सपनाहरु पूरा नभएको भन्दै अर्ध भूमिगत जस्तै भएर अन्याय अत्याचार र भष्ट्रचारीहरुलाई कालो मसो दल्नेदेखि चुनाव बहिष्कार समेत गरेर अघि बढिरहेको छ ।

साउन २२ गते काठमाडौं र मकवानपुरको सिमाना चाल्नाखेलबाट साँझ करिब साढे सात बजे पक्राउ परेका प्रकाण्डलाई टेकुस्थित महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

उनले आफु हिरासतबाट निस्किसकेपछि सरकारसँग गिरफ्तार गर्नुको कारणको जवाफ माग्ने बताएका छन् । आफूलाई पक्राउ गरिनुको कारणको उचित जवाफ दिन सकेन भने सरकारको नेतृत्व गर्नेलाई सजाय हुनुपर्ने उनको माग छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot