Logo

जाजरकोट-काठमाडौं सम्पर्क समितिको अध्यक्षमाःआचार्य



काठमाडौं, २६ साउन । संघीय राजधानी काठमाडौंमा रहेका नेपाली कांग्रेस निकट जाजरकोटीहरुको भेलाले शनिबार जाजरकोट–काठमाडौं सम्पर्क समिति गठन गरेको छ ।

विपी स्मृति भवन सानेपामा नेपाली कांग्रेसका महा समिति सदस्य मुक्ती प्रसाद आचार्यको अध्यक्षतामा गठन भएको उक्त समितिले ९ सदस्यीय तदर्थ सम्पर्क समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा मैना कार्की रावल, पुस्पराज बस्नेत, किरण सिंह, कान्ता शाह, दिपक शर्मा, ललित बस्नेत, दिपेन्द्र राणा, सुरेन्द्र सिंह रहेका छन् । तत्काल तदर्थ समितिका रुपमा गठन भएको समितिले ६ महिना भित्र कार्यसमितिलाई पूर्णता दिने छ ।

सम्पर्क समितिले काठमाडौंमा रहेका जाजरकोटी तथा जाजरकोट जिल्लाबासीहरुको हकहितका लागि विभिन्न कार्यहरु गर्नेछ । जिल्लाबासीहरु विभिन्न कामका सिलसिलामा राजधानी आउँदा उनीहरुलाई आवश्यकता अनुसार सहयोग तथा समन्वय गर्ने अध्यक्ष आचार्यले बताए ।

नेपाली कांग्रेस जाजरकोटका सभापति शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस जाजरकोटका पूर्व सांसद राजीव विक्रम शाह, पुर्व सभापति सनत कार्की, वरिष्ठ नेता बेदराज सिंह, क्षेत्र नम्बर १ का सभापति तथा बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह, तरुण दल जाजरकोटका अध्यक्ष तथा कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत लगायतका नेताहरु सहित विभिन्न कार्यका सिलसिलामा काठमाडौंमा बसोबास गर्ने कर्मचारी, बुद्धिजिवी, विद्यार्थीहरु लगायत करिब ४ दर्जन व्यक्तिहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्