Logo

युवा नेतृत्व सम्मेलन सिनामंगलमा सुरु



काठमाडौं, २६ साउन । युवा गैर सरकारी संस्था महासंघ नेपालको आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा दुई दिने राष्ट्रिय युवा नेतृत्व सम्मेलन काठमाण्डौको सिनामंगल एभियसन म्युजियममा सुरु भएको छ ।

श्रावण २६ र २७ गते दुई दिन सम्म संचालन हुने उक्त सम्मेलन युवा घोषणा पत्र जारी गर्दै सम्पन्न हुने छ ।  आज उक्त सम्मेलनको उद्घाटन गर्दै युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले नेपालमा युवाहरुको पहुच निर्णायक तहमा बढ्दै गएको बताउनु भएको छ ।

विगतमा युवा मुद्धा ओझेलमा परे पनि अहिले युवा परिषद् गठन भए पछि विस्तारै गाउ देखी केन्द्र सम्म युवा मैत्री बजेट निर्माण र रोजगारी श्रृजनामा सिंगो देश नै लागेको बताउनु भएको छ । अवको ५ बर्ष पछि युवाहरु विदेशिन नपर्ने गरी सरकार र मातहतका निकायहरु लाग्नु पर्ने उहाले बताउनु भयो ।

उक्त सम्मेलनका सभापति तथा महासंघका अध्यक्ष नारायण गिरीले ठुला सपना देख्ने र देखाउने नेतृत्वले देश विग्रीएको बताउदै समृद्धिकोलागि आफ्नो घर परिवार र गाउ समाजमा असल संस्कार निर्माण गरेको खण्डमा मात्रै पनि अबको आउने युवा पिढी असल हुने र त्यस्तो पुस्ताले आफु र देश बर्बाद नबनाउने ठोकुवा गर्नु भयो ।

युवाहरुलाइ सबै वर्गले उपयोग मात्र गरीरहेका छन् उहाले भन्नु भयो अव निर्णायक पहुचमा युवा नपुगे सम्म राज्यको शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्र युवा मैत्री नहुने बताउनु भयो । नेपालबाट बैदेशिक रोजगारीका लागि लाखौ युवा वाहिरी रहेकाले सरकार युवाको मुद्धामा गंभिर अझै पनि नभएको आरोप लागाउनु भयो ।

त्यस्तै उक्त कार्यक्रममा युवा नेता अनिल किशोर घिमिरेले युवाको नाममा धेरैले व्यापार गरे पनि वास्तविक युवाहरु अझै पनि पछाडी परेकोले सबै युवा एक ढिक्का भएर आफ्नो अधिकारको लागि लड्नु पर्नेमा जोड दिनु भयो ।

क्यान्सर सोसाईटीका अध्यक्ष राम नाथ मैनालीले युवाहरु अधिकारका पक्षमा लागे पनि स्वास्थ्य त्यसमा पनि क्यान्सरकोरुप पछिल्लो अवस्थामा भयाभह देखिएकाले क्यान्सर रोकथामको लागि युवा गैर सरकारीसंस्था तथा नागरीक समाजहरु वृहत्तररुपमा लाग्नु पर्ने आवश्यकता औल्याउनु भयो ।

दुव्र्यसनीको उपचार तथा रोकथामा क्रियाशिल संस्था उद्धार नेपालका कार्यक्रम संयोजक लोक प्रसाद गौतमले युवाहरु कुलमा डर लाग्दो तरीकाले फसीसकेकाले अवका बाकी युवाहरु एक जुट भइ लागु पदार्थ तथा दुव्र्यसन नियन्त्रणका लागि अभियानकारुपमा नलागे पछिल्लो पिडी समाजले सोचेको भन्दा फरक नतिजा आउने बताउनु भयो ।

सम्मेलनमा आईपासका रामचन्द्र खनाल, उद्धार नेपालका लोक गौतम, ओपीयुका हार्डम घिमिरे, ओन इयर मिडीयाका भागिरथ पोखरेल, अपांग कोषका सदस्य सचिव यमनाथ मैनालीले विभिन्न विषयमा प्रस्तुती दिनु भएको थियो भने कारीतास नेपाल, आईएनएफ नेपाल लगायत संघसंस्थाका प्रतिनिधीहरुले सम्मेलनको शुभकामना मन्तव्य दिनु भएको थियो । उक्त कार्यक्रमको स्वागत मन्तब्य उपाध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नु भएको थियो भने संचालन महासचिव संदिप राईले गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot