Logo

कांग्रेसलाई संघीयतामा जान सकस



काठमाडौं २७ साउन ।  काठमाडौं : कांग्रेसले पार्टी संरचनालाई अझै संघीयतामा ढाल्न सकेको छैन । मुलुकले संघीयताको पूर्ण अभ्यास गरेको ६ महिनाभन्दा बढी भइसके पनि उसको पार्टी संरचना पुरानै अवस्थामा छ । गत प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पराजय बेहोरेपछि पार्टीको नयाँ संरचनाका विषयमा नेताहरू झस्किएका हुन् । पराजयको एउटा मुख्य कारण संघीय संरचनामा नलैजानु रहेको नेताहरूको ठहर छ । पार्टी संरचना पुरानै हु“दा प्रचार प्रभावकारी नभएको निचोड आएपछि नयाँ संरचनामा जान नेताहरू घचघच्चिएका हुन् ।

अब महासमिति भेलाका लागि गठन हुने विधान मस्यौदा समितिले संघीय संरचनाको टुंगो लगाउन गृहकार्य भइरहेको नेताहरूले बताए । त्यसो त अढाई वर्षअघि भएको महाधिवेशनले पनि प्रदेश समितिहरू गठन गर्ने प्रावधानको व्यस्था गरेको थियो । तर, व्यवहारमा आउनै सकेन ।

सभापति शेरबहादुर देउवाले औपचारिक घोषणा नगरे पनि विधान मस्यौदा समिति महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बन्ने सहमति भइसकेको छ । ९ सदस्यीय उक्त समितिले तयार पारेको पार्टीको नयाँ विधानलाई महासमिति भेलाले दुईतिहाईले पारित गरेपछि त्यो लागू हुनेछ ।

कांग्रेस नेता एनपी साउदले पार्टीलाई संघीय संरचनामा लैजाने प्रििक्रया सुरु भइसकेको दाबी गरे । ‘हामीले नयाँ संविधानअनुसार गठन भएका स्थानीय तहहरूमा पार्टीलाई गाभ्न भ्याएका छौं । स्थानीय तहहरूको केन्द्र भएको ठाउको कमिटीका सभापतिलाई सम्बन्धित तहको सभापतिको जिम्मेवारी दिइएको छ’, उनले भने, ‘तर ती समिति कामचलाउ मात्रै छन् । महासमिति भेलाले नयाँ विधान ल्याएपछि हामी राज्यको पुनःसंरचनाअनुसार आफूलाई ढाल्नेछौं ।’

असार पहिलो साता हेटौंडामा भएको कांग्रेस जिल्ला सभापति भेलामा नया“ संरचनाको सुझाव आएको थियो । प्रदेश समिति कम्तीमा ६१, जिल्ला ५१, संघीय क्षेत्रीय ३१, प्रादेशिक क्षेत्रीय ३१ र स्थानीय तहको कार्यसमिति ३१ देखि ५१ सदस्यीय हुनुपर्ने उनीहरूको राय थियो ।

केन्द्रीय समिति २ सय १५ सदस्यीय बनाउन सुझाएका थिए । यही सुझावका आधारमा महामन्त्री खड्का नेतृत्वको समितिले अनौपचारिक रूपमा काम थालिसकेको दाबी नेताहरूको छ ।

पार्टी संगठनलाई केन्द्रदेखि मतदान केन्द्रसम्म ९ तहको संरचना बनाउने तयारी छ । नेताहरूका अनुसार महाधिवेशन र महासमितिमा अब संघीय निर्वाचन क्षेत्र वा प्रदेश निर्वाचन क्षेत्रका आधारमा गराउनेबारे कांग्रेस अन्योलमा देखिन्छ । नेता दिलेन्द्रप्रसाद बडूका अनुसार पछिल्लो समयमा पार्टीको नयाँ संरचनाबारे बहस भए पनि काम चाहिँ भर्खरै थालिएको छ । बडूले भने, ‘विधान मस्यौदा समितिको औपचारिक घोषणाले यसको मूर्त रूप लिन्छ । यसको वैधानिकता भने महासमिति भेलाले मात्रै प्रदान गर्नेछ ।’

नयाँ विधानका लागि कांग्रेसलाई सबैभन्दा अप्ठारो विषय महाधिवेशन प्रतिनिधिको टुंगो लगाउनु बनिरहेको छ । नेतृत्वले तीन हजार संख्या नघान्ने गरी महाधिवेशन प्रतिनिधिको टुंगो लगाउन चाहेको छ । प्रादेशिक निर्वाचन क्षेत्रको व्यस्थामा भएपछि त्यो संख्यामा सीमित गर्न समस्या परेको छ । नेता प्रदीप पौडेलले संघीय संरचनामा जान भइरहेको सुस्सता ‘राम्रो नभएको’ टिप्पणी गरे । उनले भने, ‘हामीले जुन तदारूकता देखाउनु पथ्र्यो, त्यसमा कमी देखिएको छ ।’

सभापति देउवा निकट नेताहरूले विधान मस्यौदा समिति गठनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले नाम नदिएका कारण ढिलाइ भइरहेको आरोप लगाउने गरेका छन् । केही दिनअघि मात्रै पौडेलले भने आफ्ना निकटस्थ नेताहरूमाझ आफूले सभापति देउवालाई नामहरू बुझाइसकेको खुलाए । स्रोतका अनुसार समितिमा राख्न पौडेलले मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी र प्रदीप पौडेलको नाम सभापतिलाई दिएका छन् ।

गएको बुधबार उपचारका लागि सिंगापुर जानुअघि देउवाले केन्द्रीय कार्यसमिति बैठक गरेर आफू फर्केपछि विधान मस्यौदा समिति र महासमिति भेला घोषणा गर्ने बताएका थिए । ९ सदस्यीय समितिमा सभापति देउवाले पौडेललाई ४ जनाको नाम सिफारिस गर्न भनेका थिए । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot