Logo

मोदी–ओली भेटवार्ताको विशेष तयारी, भारतीय रेल अनुदानमै आउने पक्का



काठमाडौं, २७ साउन । भारतीय प्रधानमन्त्री चौथो पटक नेपाल भ्रमणमा आउँदैछन् । काठमाडौंमा हुने चौथो विमस्टेक शिखर सम्मेलनमा भाग लिनको मोदी काठमाडौं नेपाल आउन लागेका हुन्।

यही अगष्ट ३० र ३१ तरिखमा हुने सम्मेलनमा भाग लिन मोदी काठमाडौं आउँदा उनले नेपालका उच्च पदस्थ राजनीतिक व्यक्तिहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार मोदीले नेपालमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम तय भैसकेको छ । प्रधानमन्त्री ओली निकट उच्च स्रोतका अनुसार यसपटक मोदीसँगको भेटमा ओलीले यसअघि भारतसँग गरेका सहमति तथा सम्झौताहरु द्रुत गतिमा कार्यान्वयन गर्नेबारे छलफल गर्नेछन् ।

त्यस्तै नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) को हालै सम्पन्न बैठकले बुझाएको संयुक्त प्रतिवेदनबारे पनि दुई प्रधानमन्त्रीबीच गम्भिर रुपमा कुराकानी हुने स्रोतको दाबी छ ।

भारत भ्रमण क्रममा प्रधानमन्त्री ओलीले गरेको सहमति अनुसार भारतले काठमाडौंसम्म आउने रेल अनुदानमै बनाईदिने पनि प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

उनले भनेका छन्,‘भारतीय रेल काठमाडौंसम्म अब ढिलोमा ३ वर्षभित्रै आउँछ । भारतले अनुदानमै रेल बनाईदिने समझदारीमा पुगिन्छ । यो विषयमा पनि यसपटकको मोदीको नेपाल भ्रमणमा कुराकानी हुन्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot