Logo

कायराको आज सम्मको कमाई कति ?



काठमाडौँ,२७ साउन । गएको शुक्रबारबाट देशभरीबाट प्रदर्शनमा आएको आर्यन र साम्रागी अभिनीत चलचित्र ‘कायरा’ दोश्रो सातामा प्रवेश गरेको छ ।म्युजिकल लभ स्टोरीमा आधारीत यो चलचित्रले दोश्रो सातासम्म आईपुग्दा दर्शकहरुको राम्रै हौसलाको साथमा राम्रै ब्यापार गरिरहेको छ ।

चलचित्र निर्माण समुहले अहिले सम्मको कलेक्सन पनि सार्वजनिक गर्दे पहिलो दुई दिनमा ९५ लाख प्लस ग्रस कलेक्सन गरेको फिल्मले आईतबार बाट भने कमजोर ब्यापार गर्न थालेको बताएको छ । जोखिमपूर्ण प्रतिक्रियाका बाबजुत फिल्मले आईतबारबाट अल नेपाल १६ लाख, सोमबार १८ लाख , मंगलबार १३ लाख , बुधबार ११ लाख र बिहिबार ९ लाख कलेक्सन गरेको थियो ।

तसर्थ सात दिनको हिसाव जोड्दा कायराको कूल कलेक्सन १ करोड ६२ लाख देखिएको छ । यो कलेक्सनमा राजधानीको हिस्सा ९२ लाख र मोफसलको ७० लाख रहेको जनाइएको छ । अहिले आएर चलचित्रको दुबईका विभिन्न सहरहरुमा पनि प्रदर्शन चलिरहेको छ। जसमा दुबईको प्रदर्शनलाई मध्यनजर गर्दे आर्यन र साम्रागी बुधबार मात्र दुबई प्रस्थान गरिसकेका छन ।

दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाई रहेको फिल्मलाई दर्शकहरुले यो साताबाट करिब १६ मिनेट सम्पादन गरि २ घण्टा ५ मिनेट सम्म हेर्न पाउने भएका छन ।



प्रतिक्रिया दिनुहोस्