Logo

ओलीको होईन, प्रचण्डको नेतृत्वमा संविधान संशोधन हुने उपेन्द्रको विश्वास !



काठमाडौं, २७ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच हिजो चितवनमा नयाँ समझदारी बनेको खुलासा भएको छ ।

चितवनमा भएको दुई नेताहरुबीचको भेटवार्तामा उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री समेत रहेका यादवले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा संविधान संशोधन नहुने कुरा प्रचण्डलाई बताएका थिए ।

स्रोतका अनुसार यादवले प्रचण्डकै नेतृत्वमा संविधान संशोधन हुने विश्वास व्यक्त गरेका थिए । यादवले प्रचण्डलाई आग्रह गरेको कुरा सुनाउँदै स्रोतले भन्यो,‘ओलीजीको नेतृत्वमा संविधान संशोधन हुने छाँटकाँट देखिएन । अब तपाईकै नेतृत्वमा संविधान संशोधन हुन्छ । तपाईले अब पहलकदमी लिनुहोस् ।’

ओली नेतृत्वकै सरकारमा सहभागी मन्त्री यादवलाई प्रधानमन्त्री ओलीबाट संविधान संशोधन हुनेमा शंका उत्पन्न भएको छ । त्यसैले यादवले प्रचण्डलाई हिजोको भेटमा भनेका थिए,‘अब तपाई अगाडि बढ्नुहोस । संविधान संशोधनको लागि ठोस कदम चाल्नुहोस् । मेरो साथ तपाईलाई छ ।’

स्रोतका अनुसार प्रचण्डले आफ्नो भारत र चीनको भ्रमण सकिएलगत्तै संविधान संशोधनबारे प्रधानमन्त्री ओलीलाई झकझकाउने वचन फोरम अध्यक्ष यादवलाई दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot