Logo

बन्धक बनाएर १५ बर्षिया बालिका बलात्कार !



कालिकोट, २७ साउन । एक १५ वर्षीया बालिकालाई २ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले सान्नी त्रिवेणी गाउँपालिका– ५ रिस्कोटका २८ वर्षीय जनबहादुर बमलाई पक्राउ गरेको छ । बालिकालाई ४ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा बमलाई साउन २६ गते प्रहरीले गिरफ्तार गरेको हो ।

पीडित बालिकालाई बमले साउन १८ गतेदेखि २० गतेसम्म सोही गाउँपालिका–३ स्थित एक घरमा बन्धक बनाएर लगातार बलात्कार गरेको पीडित बालिकाले साउन २५ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको र त्यही आधारमा बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २५ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको बमलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रहरी कार्यालय कालिकोटका डिएसपी बिनोद शर्माले बताए । ‘पीडित बालिकाको उजुरीको आधारमा बमलाई पक्राउ गरिएको छ ।’ उनले भने,‘घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्