Logo

कर बृद्धि होइन दायरा बढाउनुपर्छ : देबदह नगर प्रमुख खत्री



‘लालपूर्जा बितरणलाइ ३ वटै सरकार मिलेर टुंगाउनुपर्छ’

बुटवल, २७ साउन : संघीयताको मर्म अनुसार जनताको सेवामा समर्पित भएर काम गरिरहेको स्थानीय सरकारका प्रमुखले बताएका छन् । निर्बाचित भएको १ बर्षको अबधि सिकाइको बर्ष भएको भन्दै रुपन्देहीको देबदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले अहिलेसम्म २८ वटा ऐन,नीति ,कार्यबिधि बनाएको बताउनुभयो ।

रिपोटर्स क्लव प्रदेश ५ कार्यालय बुटवलद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खत्रीले देवदहका धर्मिक,ऐतिहासिक तथां पर्यटकीय क्षेत्रलाइ एउटै सर्किट बनाएर बिकास गर्ने बताउनुभयो । भवानीपुर,बैरीमाइ ,कन्यामाइ,पाकरी बृक्ष लगायतका क्षेत्रको बिकासमा आफुहरुको ध्यान पुगेको उहाको भनाइ छ ।

तीन तहकै सरकारले दोहोरो र तेहरो कर उठाएको जनताको गुनासो छ नी भन्ने प्रश्नमा उहाले सरकारले दररेट होइन बरु करको दायरा बढाउनुपर्नेमा जोड दिनुभयो ।

संघीय सरकारले साउन १ देखि अनिबार्य लगाउने भनेको एकिकृत सम्पत्ती कर आम जनताका लागि हानीकारक नभएको भन्दै उहाले अहिले केन्द्र सरकारले सम्पत्ती कर,भूमि कर लगाएको बताउनुभयो ।

केन्द्र सरकार कस्को प्रभाबमा पर्यो र एकिकृत सम्पत्ती कर हटायो उहाको प्रश्न छ ?

‘कर सम्पत्ती हेरेर होइन ,आम्दानी हेृरेर लगाउनुपर्ने हो ,यहा करको बारेमा आम जनतालाइ जनप्रतिनिधिले बुझाउनै सकेका छैनन ।’उहाके भनाइ छ ।

उहाले चुनाबमा गरेका हिजोका प्रतिबद्धता पुरा गर्न केहि कठिनाइहरु भएको भन्दै उहाले ३ वटै सरकारको साझा सुचिमा रहेको लालपूर्जा बितरणलाइ सबै सरकार मिलिेर टुंगाउनुपर्ने उहाको भनाइ छ ।

खत्रीले आाफुहरुले सेवा पारदर्शी र सर्बसुलभ बनाउने प्रयास गरेको भन्दै सबैले सहयोग पुर्याउनुपर्ने बताउनुभयो ।

देबदहमा कृषिक्षेत्रलाइ बिशेष सम्बोधन गर्ने गरि दुध उत्पादनका लागि नश्ल सुधार अभियान चलाइएको बताउनुभयो । उहाले दुध उत्पादनका लागि सेक्स सिमिन,अन्नबालीमा बिज बृद्धि हुदै आत्मनिर्भर तर्फ लगाउन नगरपालिका प्रतिबद्ध भएको बताउनुभयो ।

सो अबसरमा बोल्दै पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष तथा दैनिकपत्र दैनिकका प्रधान सम्पादक बालकृष्ण चापागाइले स्थानीय सरकार बनेपछि बिकासको लहर नै आएको बताउनुभयो । उहाले बिकासका नाममा आर्थिक चलखेल र रकमको दुरुपयोग हुने संभाबना बढेको भन्दै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय सरकारले मिडियासंगको समन्वयलाइ बढाउनुपर्ने उहाको भनाइ छ ।  उहाले भन्नुभयो— ‘मिडियालाइ हेर्ने दृष्टि फेर्न जरुरी छ ,सबैको छलफलबाटै साझा नीति बनाऔं’।

कार्यक्रम क्लवका प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot