Logo

रोनाल्डोलाई निमोनिया



काठमाडौं, साउन २८ । सन् २००२ को विश्वकप विजेता टोली ब्राजिलका स्टार फुटबलर रोनाल्डोलाई निमोनिया भएको खवर सार्वजनिक गरिएको छ । ब्राजिलिएन रोनाल्डो आज राती अबेरसम्ममा अस्पतालबाट डिस्चार्ज हुने सम्भावना रहेको पनि बताईएको छ ।

४१ वर्षीय रोनाल्डो गएको शुक्रबार अस्पताल भर्ना भएका थिए।  रियल मड्रिड, बार्सिलोना, इन्टरमिलान तथा एसी मिलानका पूर्व खेलाडी रोनाल्डोले ट्वीट गरेर आफु प्रतिको माया र सद्भावका लागि समर्थकलाई बिशेष धन्यवाद दिएका छन् ।

निमोनियाको संक्रमण भएपछि उनि स्पेनको आइल्याण्ड इबिजामा रहेको अस्पतालको सघन उपचार कक्षमा रहेर उपचार गराईराखेका छन  ।  उनले ब्राजिलका लागि ६२ गोल गरेका छन् ।एजेन्सि



प्रतिक्रिया दिनुहोस्