Logo

रहेनन बामपन्थी नेता सोमनाथ चटर्जी



काठमाडौँ,२८ साउन । भारतीय लोकसभाका पूर्व सभामुख एवं बामपन्थी नेता सोमनाथ चटर्जीको कोलकातामा सोमबार बिहान ८९ वर्षको उमेरमा निधन भएको छ ।श्री चटर्जी अगष्ट १० मा यहाँस्थित एक निजी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । चिकित्सकका अनुसार उनमा मुटुको समस्या रहेको थियो ।

भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका नेता श्री चटर्जी मृगौला रोगबाट थलिएका थिए। उनलाई शनिबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । गत जुलाईमा समेत उनिलाई हृदयघातका कारण अस्पताल भर्ना गर्नु परेको थियो।

सन् १९२९ जुलाई २५ तारिखमा जन्मिएका चटर्जी १० पटकसम्म भारतीय लोकसभाका सदस्य रहेका थिए । भारतमा सबैभन्दा बढी लोकसभामा प्रतिनिधित्व गर्नेमध्येका उनि एक रहेका थिए। उनि सन् २००४ देखि २००९ सम्म भारतीय लोकसभाका सभामुख रहिसकेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्