Logo

गगन थापाले सरकारलाई दिए काठमाडौंका खाल्डा पुर्ने ‘टिप्स’



काठमाडौं, २८ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले सरकारमाथि व्यंग्य प्रहार गरेका छन् ।

संसदको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले यही अगष्ट ३० र ३१ तारिखमा काठमाडौंमा हुने विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न सरकारसमक्ष आग्रह गरेका छन् ।

उनले भने, ‘पाहुनाहरुले सडकमा भएको खाल्डो, हिलो देखेभने इज्जत जाने मान्यतालाई आत्मसाथ गर्दै हाम्रो सरकारले रातारात खाल्डो पुर्नेछ र वेथिती हटाउनेछ भन्नेमा म पूर्णत विश्वस्त छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot