Logo

निजी विद्यालयबीच सहकार्यको उदाहरण : तारकेश्वर शैक्षिक मञ्चको स्थापना



साउन २८, काठमाण्डौ । नेपालमा संचालित निजी तथा संस्थागत विद्यालयहरु बेथितीका उदाहरण मानिन्छन् । विद्यालयहरुबीच एकआपसमा अस्वस्थ प्रतिस्पर्धा हुने गर्दछ ।

तर तारकेश्वर नगरनगरपालिकाभित्र रहेका निजी तथा आवासीय विद्यालयहरु भने एक अर्कामा हातेमालो गर्दै अगाडि बढ्ने भएका छन् ।

नगरपालिकाभित्र संचालन हुँदै आएका निजी तथा आवासीय विद्यालयका संस्थापक, प्रिन्सिपल तथा प्रतिनिधीहरको भेलाले विद्यालयहरुबीचमा आपसि सद्भाव र भाइचारा कायम गर्दै अगाडि बढ्ने निर्णय गरेका हुन् । उक्त नगरपालिकामा संचालित साना तथा मझौला विद्यालयहरुले यस्तो निर्णय गरेका हुन् ।

विद्यालय संचालनका क्रममा आउने जुनसुकै समस्यामा पनि एक आपसको सहकार्य र सहयोगमार्फत समाधान गर्ने निर्णय गरिएको गोलढुंगा अर्किड एकेमेमीका प्रिन्सिपल झनकराज शर्माले बताए ।

“विद्यालयहरुमा आउने समस्या समाधानका लागि संगठनिक रुपमा नै एकतावद्ध हुने निर्णय गरेका छौँ ।” शर्माले भने ।

सरकारले विद्यालयहरुका लागि बनाएको नीति, नियम र निर्देशिकाको पालना गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरु तयार रहेको शर्माको भनाई छ ।

बैठकले एकतावद्ध भएर अगाडि बढनका लागि तारकेश्वर शैक्षिक मञ्च नामको संस्था गठन गरिएको छ । मञ्चको कार्यसमिति पनि आजै निर्माण गरिएको छ । मञ्चको अध्यक्षमा शिवहरी लामिछाने छन् भने उपाध्यक्षमा देवी पौडेल, सचिवमा नवराज पौडेल र कोषाध्यक्षमा विमल कुँवर रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा झनकराज शर्मा, दिपक कृष्ण श्रेष्ठ, राधा कृष्ण अर्याल, उत्तमराज पण्डित र अवसर पौडेल रहेका छन् ।

मञ्चको सल्लाहाकारमा ऋषिराम काप्री, नारायण खड्का, रामगोपाल खड्का र जयराम तिम्सिनालाई राखिएको छ ।

मञ्चलाई वैधानिक रुपमा अगाडि बढाउनका लागि दर्ता प्रक्रिया पूरा गर्ने जिम्मा शिवहरी लामिछाने, रामगोपाल खड्का र कृष्णप्रसाद अधिकारीलाई दिइएको छ ।

मञ्चमा तारकेश्वर नगरपालिका अन्र्तगत रहेका १३ वटा मझौला स्तरका संस्थागत विद्यालयहरु सहभागी छन् । मञ्चले आगामी दिनमा आफनै परिक्षा कार्य तालिका, अतिरिक्त शैक्षिक क्रियाकलाप लगायतका कार्यमा अगाडी बढ्ने कुरालाई जोड दिएको छ ।
मञ्चको पहिलो बैठक भदौ १ गते बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot