Logo

देश विकास गर्न जन्मभूमिमा नै फर्कनुपर्छः शिक्षामन्त्री



काठमाडौँ, २९ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा र सीप सिक्न जहाँ गए पनि देश विकास गर्न जन्मभूमिमा नै फर्कनुपर्ने बताएका छन ।

शिक्षालय मासिक पत्रिकाले आयोजनामा गरेको ‘राष्ट्रिय शिक्षा अवार्ड–२०७५’ वितरण समारोहमा उनले भनेका छन, “शिक्षाको विकासका लागि सबै एकजुट हुनुपर्छ ।”

मन्त्री पोखरेलले गुणस्तरीय शिक्षाका लागि कुनैं सम्झौता नहुने बताउँदै सामाजिक न्यायमा आधारित समृद्ध मुलुक निर्माणका लागि शिक्षालाई पुनर्गठन गर्न जरुरी रहेको धारणा व्यक्त गरेका छन ।

शिक्षामा भएका खाडलहरु नपुरे नेपाल समृद्ध मुलुक बन्न नसक्ने बताउँदै उनले माध्यमिक तहसम्मको शिक्षालाई प्रविधि र सीपयुक्त बनाउन आफू लागिरहेको धारणा व्यक्त गरेका छन ।

सो अवसरमा उनले पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याएवापत पत्रकार विनोद घिमिरे र रोशन क्षेत्रीलाई नगद रु १० हजारसहित राष्ट्रिय शिक्षा अवार्ड–२०७५ बाट सम्मान गरेका छन ।

पत्रिकाको प्रकाशक तथा प्रधानसम्पादक श्याम तण्डुकारको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । रासस



प्रतिक्रिया दिनुहोस्