Logo

गण्डकी विकास बैंकका कर्मचारीले मेडिसिटी अस्पतालमा उपचार सुविधा पाउने



काठमाडौं, २९ साउन । गण्डकी विकास बैंकका ग्राहक तथा कर्मचारीहरुले नेपाल मेडिसिटी अस्पतालमा उपचारमा सुविधा पाउने भएका छन् ।

भैंसेपाटीस्थित् नेपाल मेडिसिटी अस्पताल र पोखरामा मुख्य कार्यालय रहेको गण्डकी विकास बैंकबीच उपचार सेवा आदान–प्रदानबारे आज सम्झौता भएको छ ।

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गण्डकी विकास बैंकका डेपुटी सिइओ समिर बज्रचार्यले मंगलबार एक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब बैंकका कर्मचारी र सेवाग्राहिले नेपाल मेडिसिटीबाट उपचार सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् ।

एस.सि.टि, युनियन पे, डेबिट÷क्रेडिट कार्डका उपझोक्ताले यस छुटको अवसरलाई सदुपयोग गर्न पाउने भएका छन् ।

अस्पतालका महाप्रबन्धक रिमालले मुलुकभर ७२ शाखा कार्यालय रहेको गण्डकी विकास बैंकसंगको सहकार्यमा स्वास्थ्य जनचेतना अभिवृद्धि कार्यक्रमहरु आयोजना गर्ने जानकारी गराए ।

त्यस्तै, बैंकका डेपुटी सिइओ बज्रचार्यले नेपाल मेडिसिटीसंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । देशमै सम्पूर्ण उपचार सम्भव भएकाले नेपालीले गुणस्तरीय उपचारकै लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य भएकोले बैंकले साथ दिने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot