ऋषि धमला : सँसारकै समृद्ध मुलुक बन्ने महत्वाकांक्षाका साथ अगाडि बढेको भारत आफ्नो ७२ औं स्वतन्त्रता दिवस मनाउँदै गर्दा उसले हासिल गरेको प्रगति सँसारका लागि उदाहरणीय छ । स्वतन्त्रताको एक वर्षमै विभाजनको पीडा भोगेको उसले त्यसपछि पनि कैयौं चुनौतीको सामना ग¥यो । भारतले एकतामाथि आएका त्यस्ता धेरै चुनौतीहरू पार ग¥यो । आन्तरिक समस्या समाधान गर्दै जाँदा भारत २० औं शताब्दीको अन्ततिर आएर आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्यो । जवाहरलाल नेहरू, इन्दिरा गान्धी, अटलविहारी वाजपेयी हुँदै नरेन्द्र दामोदारदास मोदी जस्ता कुशल नेतृत्व पाएको भारतले महात्मा गान्धी जस्ता शान्तिका दूतबाट आफूलाई अन्तर्राष्ट्रिय जगत्मा सबल बनाउँदै लग्यो । सँसारको सबैभन्दा ठूलो लोकतन्त्रको परिचय बनाएको उसले आफ्नो प्रभाव दक्षिण एशियामा मात्र नभई अफ्रिका र दक्षिणपूर्वी एशियासम्म फैलाउँदै लगेको छ । भारतको आर्थिक सामथ्र्य र प्रभावबाट छिमेकीले लिन सक्ने लाभप्रति गम्भीर हुनु वर्तमानको आवश्यकता हो ।
नेपालका लागि भारत के
नेपाल भारतसँग तीनतर्फ सीमा जोडिएको छिमेकी मुलुक मात्र होइन समान संस्कृति रहेको समाज पनि हो । दुवै देशबीच धर्म, चाँडपर्व, रीतिरिवाज मिल्छन् । आवत्जावत् र बसाईंका क्रममा एक देशका नागरिकलाई अर्को देशमा पुग्दा अर्को देशमा पुगेको महशुश समेत हुँदैन । दुवै मुलुकबीच रोटीबेटीको सम्बन्ध मात्र छैन भातृत्व र आत्मीय सम्बन्ध रहेको छ । त्यसैले एउटा देशले पीडा भोग्दा अर्को देशलाई चोट पुग्छ । नेपालमा महाभूकम्प जाँदा सर्वप्रथम सहयोगको हात बढाउने भारत थियो । भारतीय जनताले खुल्ला दिलले सहयोग गरेका सामाग्री नेपालका भूकम्पपीडित स्थानहरूमा पुगेका थिए । भारतको सुरक्षा र स्वतन्त्रतामा नेपालीहरूले बलिदानी दिएको इतिहास साक्षी छ । इतिहासमा जुनसुकै युद्ध हुँदा होस् या स्वतन्त्रतापछि भारतले लडेका जुनसुकै युद्धमा नै किन नहोस् नेपालीहरूको रगत बगेको छ ।
भारतको स्वतन्त्रता संग्राममा वीपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायत धेरै नेताहरू सहभागी भएर जेल सजाय समेत भोगेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा भनेका थिए—भारतले कुनै युद्ध लडेको छैन जसमा वीर गोर्खालीले बलिदानी दिएको नहोस् । भारतले नेपाल र नेपालीप्रति देखाएको विश्वासको उदाहरण यही हो । नेपालीको सहयोग र सद्भावप्रति भारतीय नेतृत्व सधै अनुग्रहित देखिदै आएको छ । जसरी नेपालीहरूले भारतप्रति सहयोगी भावना देखाएका छन् त्यसरी नै भारतले नेपालप्रति सहयोग प्रदान गर्दै आएको छ । नेपालको हरेक राजनीतिक परिवर्तनमा भारतीय नेता देखि नागरिक समाजका अगुवाको सहयोग र सद्भाव रहेको छ । २००७ सालमा राणा शासनको अन्त्य, २०४६ सालको जनआन्दोलन र २०६२÷६३ को जनआन्दोलनमा भारतीय नेताहरू प्रत्यक्ष अप्रत्यक्ष संलग्न रहेका थिए । राणा शासनको अन्त हुँदा जवाहरलाल नेहरूको सहयोग देखियो भने जयप्रकाश नारायण जस्ता भारतीय नेताहरूको विशेष सक्रियता रह्यो । २०४६ सालको राजनीतिक परिवर्तनमा भारतीय नेता चन्द्रशेखरको सहयोग थियो ।
नेपाल भारतका लागि के हो र भारतका लागि नेपाल के हो भन्ने यथार्थलाई मनन गरेर बढ्दा दुवै देशलाई लाभ पुग्छ । एक अर्काबीचको घनिष्ट र अन्यौन्याश्रित सम्बन्धको कडीलाई भुल्दा दुवै देशको हित हुँदैन ।
२०६२÷६३ को जनआन्दोलनमा भारतीय नेताहरू सीताराम यचुरी, डीपी त्रिपाठीलगायतका नेताहरू सक्रिय देखिए । उनीहरू पटक पटक नेपाल आएर आन्दोलनमा सहयोगी भूमिका निर्वाह गरेका थिए । इतिहासको यो तथ्यलाई केलाउँदा नेपाल र भारतको राजनीतिले एक अर्कालाई प्रत्यक्ष अप्रत्यक्ष असर पु¥याउँदै आएको छ । भारतको राजनीतिले मात्र नभई नेपालको राजनीतिले पनि भारतलाई असर पार्दछ । त्यसैले भारत नेपालको हरेक राजनीतिक घटनाक्रमको चासो राख्दछ । नेपाली जनता पनि भारतमा भइआएका राजनीतिक घटनाक्रमप्रति चासो राख्दछन् । जसरी पश्चिम बङ्गालको खाडीमा हुने मौसमी परिवर्तनले नेपालको मौसमलाई असर पार्छ र हिमाली क्षेत्रमा हुने मौसम परिवर्तनले भारतको समुन्द्री सतहमा समेत असर पार्छ । एक अर्कालाई मौसममा पार्ने असर जस्तै संस्कृति र राजनीतिमा समेत असर गर्दछ भन्ने इतिहास र वर्तमानको घटनाबाट प्रष्ट हुन्छ । नेपाल भारतका लागि के हो र भारतका लागि नेपाल के हो भन्ने यथार्थलाई मनन गरेर बढ्दा दुवै देशलाई लाभ पुग्छ । एक अर्काबीचको घनिष्ट र अन्यौन्याश्रित सम्बन्धको कडीलाई भुल्दा दुवै देशको हित हुँदैन ।
समयसापेक्ष भूमिका
लामो कालखण्डदेखि जोडिएको भूगोल र मानव विकाससँगै हुर्केको संस्कृति र राष्ट्रहरूको निर्माण र बिघटनको क्रम चलिरह्यो । आधुनिक कालमा नेपाल र भारतको जन्म भएपछि दुवै देशबीच युद्धको अवस्था कहिले आएन । दुवै देशबीच तीतामीठा क्षणहरू हुनु स्वाभाविक हो । सँगै रहँदा कहिलेकाहीं धक्का लाग्नुलाई अन्यथा मान्न मिल्दैन । समयक्रमले त्यस्ता समस्या समाधान हुँदै आएका छन् । ठूला राजनीतिक परिवर्तनले समेत दुवै देशको सम्बन्ध बिगार्न नसकेको इतिहास साक्षी छ । यही तथ्यलाई मनन गर्दै २१ औं शताब्दीको दोश्रो दशकमा अगाडि बढ्नुपर्ने आवश्यकता छ । समृद्धिको उचाई लिदै गरेको भारत र उसका सशक्त दृष्टिकोण सहितका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालबाट नेपालले लाभ लिन सक्नुपर्छ ।
मोदीले नेपालप्रति निकै सद्भाव र सहयोगी भावना देखाइआएका छन् । १७ वर्षयता कुनैपनि भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा नआएको अवस्थाको क्रमभंग गर्दै सन् २०१४ मै नेपाल भ्रमण गरे । भुटानपछि उनले नेपाललाई विदेश भ्रमणको दोस्रो गन्तव्य बनाए । छिमेकीलाई प्राथमिकतामा राख्ने मोदी नीति अनुसार नेपालको भ्रमण मात्र भएन सहयोगका घोषणाहरू भए जसको कार्यान्वयन ढिलो गरी अहिले हुनथालिसकेको छ । मोदीले पशुपतिनाथको दर्शन गरेर धार्मिक र सांस्कृतिक सम्बन्धको गरिमा प्रस्तुत गरे । उनी दोस्रोपटक सार्क शिखर सम्मेलनमा नेपाल आए । तेस्रोपटक नेपाल आएर हिमाल, पहाड र तराई तीनवटै क्षेत्रमा पुगे ।
उनको मुक्तिनाथ यात्रा ऐतिहासिक बन्यो । नेपाल भारत सम्बन्धमा आएको केही चीसोपन र नेपालमा बढ्न सक्ने भारतविरोधी गतिविधिलाई निस्तेज पार्न मोदी भ्रमण सफल बन्यो । उनी फेरि बिमस्टेक सम्मेलनमा नेपाल आउँदैछन् । भाद्रको तेस्रो साता हुने मोदीको भ्रमणले दुई देशको सम्बन्धमा अर्को इट्टा मात्र थप्नैछैन कीर्तिमान बनाउनेछ । कुनैपनि भारतीय प्रधानमन्त्री आफ्नो पहिलो कार्यकालमा चारपटक नेपाल भ्रमणमा आएको पहिलो घटना हुनेछ । यसबाट पनि मोदीको नेपालप्रतिको सकारात्मक र सहयोगी दृष्टिकोण प्रष्ट हुन्छ । मोदीको नेपालप्रतिको प्रेम र सद्भावलाई मनन गरेर उनीबाट विकास र दुई देशको सम्बन्ध सुदृढीकरणका क्षेत्रमा लाभ लिन सक्नुपर्छ । अहिले नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी दुवै देशको सम्बन्ध सुदृढ बनाउने सफल कुटनीतिज्ञ बन्न सफल छन् । उनको कार्यकालमा दुई देशबीच विकासका क्षेत्रमा अड्किएका कतिपय गाँठोहरू फुकेका छन् । कुशल कुटनीतिज्ञका रुपमा उनले नेपालीको मन जितेका छन् । पुरी जस्तो राजदूत नेपालमा हुनु नेपालका लागि सकारात्मक अवसर पनि हो ।
नेपालमा केपी शर्मा ओली प्रधानमन्त्री छन् । उनी इतिहासकै शक्तिशाली प्रधानमन्त्री मध्येका हुन् । ओली दुई तिहाई बहुमतको समर्थन पाएका प्रधानमन्त्री हुनुले उनले गर्न नसक्ने केही छैन । तर, उनमा इच्छाशक्ति हुनुपर्छ । भारतसँग सम्बन्ध सुधार गर्दै जाने ओलीको नीति देखिएको छ । उनले प्रधानमन्त्री भएर पहिलो भम्रण भारतबाट शुरू गरेर मोदीसँग एक्ला एक्लै वार्ता गरे । दिल माझेर कुराकानी गरेपछि दुवै देशबीच सहयोग आदानप्रदान र विकासका कामहरूले गति लियो । अरुण तेस्रो जलविद्युत परियोजनाको उद्घाटन भयो । रोकिएका कतिपय आयोजनाहरूले गति लिने भएका छन् ।
सकारात्मक सोच र पाइलाको नतिजा सकारात्मक नतिजा आउँछ भन्ने उदाहरण हो यो । ओली र मोदी द्वीपक्षीय सम्बन्धमा सकारात्मक भिजन र मिसनका साथ अगाडि बढिसकेका छन् । यसले अझ गति लिनसके दुवै देशको हित हुन्छ । नेपालले आर्थिक विकासका क्षेत्रमा फड्को मार्नसक्छ । पूर्वाधार विकासले अझ गति लिएर दुवै देशको सम्बन्ध कसिलो हुँदै जान्छ । नेपालमा सत्तापक्ष र प्रतिपक्ष दुवैले समयसापेक्ष भूमिका निभाउन सके भारतसँगको सम्बन्धबाट धेरै लाभ लिन सकिन्छ । सत्तामा हुँदा भारतसँग मित्रताको हात बढाउने र प्रतिपक्ष हुनेवित्तिकै भारतविरोधी देखिन खोज्ने प्रवृत्तिले नेपाल र नेपालीको हित गर्दैन ।
इतिहासलाई केलाउँदा यही नै भइआएको छ । सत्तामा पुग्दा भारतभक्ति देखिने र सत्ताबाट हट्नेवित्तिकै भारतलाई कारण देखाउँदै भारतविरोधी देखिने प्रवृत्ति अपरिपक्व कुटनीतिको कारक हो । यस्तो प्रवृत्तिको अन्त हुन जरुरी छ । हाम्रो राजनीतिक नेतृत्व नेपालपरस्त हुनुपर्छ तर यसो भन्दैमा व्यक्तिगत लाभ हानीको हिसाबकिताब गर्दै भारतसँगको सम्बन्ध तलमाथि गर्ने व्यवहार गर्नुहुँदैन । नेपाल र नेपालीको साँच्चै हित गर्ने हो भने भारतसँगको सम्बन्धमा समान धारणा बनाउनुपर्छ । भारतसँग मिलेर र उसको सहयोग लिएर जाँदा नेपालको हित हुने यथार्थबारे राजनीतिक दलका नेता देखि नीतिनिर्माताहरू समेत जानकार छन् । यति हुँदा हुँदै पनि कहिलेकाहीं बाटो बिराउने गतिविधि देखिने गरेको छ । यसले घाटा नेपालीलाई पर्दै आएको छ । यो तथ्यलाई मनन गरेर भारतसँगको सम्बन्ध प्रगाढ बनाउँदै जानुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, मधेश केन्द्रित दलका नेताहरू सबैले यसलाई आत्मासाथ गरेर बढेमा नेपालले अबको एक दशकमा समृद्धिको लक्ष्य हासिल गर्छ । यसका लागि भारतको सद्भाव र सहयोग जतिसक्दो बढी लिने कुटनीतिक सामथ्र्य देखाउन जरुरी छ ।