Logo

काठमाडौं विशालबजार कम्पनी लि. को चर्तिकला



काठमाडौं, ३० साउन । विशालबजार कम्पनीको मूल भवनको बेसमेन्टमा रहेको करिब ३०३०७ वर्गफुट पार्किङ क्षेत्र २ वर्षको लागि बहालमा दिने निर्णय भई रितपूर्वकको सिलबन्दी बोलपत्र आह्वान गरी मिति २०७५।०४।११ मा सूचना प्रकाशित गरेकोमा बोलपत्रमा भाग लिने अधिकांश कम्पनीले प्रकाशित सूचना अनुसार शर्त प्रक्रिया पूरा नगरी बोलपत्रमा भाग लिएको पाइएको छ ।

यसरी नियम अनुसार बोलपत्र सम्बन्धी कागजात स्पष्ट नभएका र शर्त पालना नगरी बढी बोल कबोल गर्ने कम्पनीहरुमा उज्वल निर्माण सेवा (कबोल रकम २ करोड छ्यालिस लाख), सोनी टे«डिङ (२ करोड २१ लाख), सर्व नेपाल टे«डिङ प्रा.लि. (१ करोड ८७ लाख २० हजार), इज्जा टे«डिङ प्रा.लि. (१ करोड ८५ लाख) रहेको टेण्डरमा भाग लिनेमध्ये एकजनाले बताएका छन् ।

यही साउन २७ गते बोलपत्र खोल्दा उक्त विषय खुल्न आएको हो । नियम अनुसार बढी मूल्य बोल कबोल गरेको भएपनि रितपूर्वक प्राप्त हुन नआएको बोलपत्रहरु खारेज गरी रितपूर्वक प्राप्त हुन आएका बोलपत्र दाता मध्येको बढी मूल्य कबोल गर्ने कम्पनीलाई ठेक्का स्वीकृति गर्नुपर्ने हुन जान्छ तर त्यसो नगरी कम्पनीले हालसम्म कुनै निर्णय नलिई विषयगत कुराहरुलाई लुकाउने प्रयास गरिरहेको स्रोतको दाबी छ ।

यसै सम्बन्धमा यस अघि मिति २०७५।०३।१४ गते पनि वितरण गरिएको बोलपत्र फाराममा भुलवश त्रुटि हुन गई टेण्डर प्रक्रिया अगाडि बढाउन नसकिने भएकाले रद्द भएको भनी सार्वजनिक सूचना जारी गरेको थियो ।

अहिलेसम्म उक्त पार्किङ क्षेत्र मल्टी वर्थ इन्भेष्टमेन्ट प्रा.लि.ले सञ्चालन गर्दै आइरहेको छ । यस कम्पनीले वार्षिक १ करोड ५ लाख ६० हजार शुल्क तिरेर पार्किङ सञ्चालन गरिआएको छ ।

घाटा भएको कारण पूरानो सञ्चालन गरी आएको सो कम्पनीले अहिलेको टेन्डर प्रक्रियामा भाग लिएको छैन । हाल अप्रत्यासित रुपमा बढी मूल्य राखेर बोल कबुलमा भाग लिन कम्पनीहरु आएकोले कालो धनलाई सेतो गराउनेहरुको आँखा पार्किङमा समेत परेको आंशका अड्कलबाजीहरु शुरु हुन थालेको छ ।

अहिले कायम शुल्कमा बृद्धि भए विशालबजारमा सामान खरिद गर्न जाने ग्राहकले प्रति सवारी प्रति घण्टा रु. २००।– सम्म पार्किङ शुल्क तिर्नु पर्ने हुन्छ । विशाल बजारक कम्पनी लि. नेपाल खाद्य संस्थानक र नेशनल टे«डिङ स्वामित्व अन्तर्गतको सार्वजनिक संस्थान हो । सर्वसाधारणको ३४ प्रतिशत मात्र शेयर रहेको छ ।

त्यस्तैगरि कम्पनीमा कर्मचारी नियुक्ती गर्दा स्वतन्त्र प्रतिस्पर्धाबाट गर्नुपर्नेमा सञ्चालक समितिले मन्त्रीका मान्छे भन्दै आफूखुसी राखी नियुक्ती दिएको पनि खुलासा भएको छ । अहिलेको प्रमुख कार्यकारी अधिकृत दिलिप जंग शाहको पनि राजनीतिक नियुक्त हो ।



प्रतिक्रिया दिनुहोस्