Logo

प्रियंका चोपडाले बिवाहको तयारी ‘भारत’ छोडिन



काठमाडौँ, ३० साउन । बलिउड अभिनेत्री प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’बाट हात झिकेको खवर निर्देशक अली अब्बास जफरले जानकारी गराईसकेका छन । अलीले ट्विटर मार्फत जानकारी गराउदै लेखेका छन्–‘हो, अब प्रियंका भारतको हिस्सा रहने छैनन् ।

यसको कारण निकै स्पेशल छ, उनको लागि हामी पनि निकै खुशी छौँ । ’‘भारत’ मार्फत सलमान र प्रियंका एक दशकपछि एकसाथ पर्दामा देखिने खबरले उनीहरुका फ्यान निकै उत्साहित थिए । तर, स्पेशल कारण देखाउँदै प्रियंकाले ‘भारत’मा अभिनय नगर्ने भएकी हुन् ।पछिल्लो समय हलिउडमा रमाइरहेकी प्रियंका ‘भारत’ मार्फत २ वर्षपछि बलिउडमा फर्किने भएकी थिइन् ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार प्रियंकाले प्रेमी निकसँग विहे गर्ने तयारीका कारण फिल्म छोडेकी हुन् । प्रियंका र अमेरिकन गायक निक केही समय देखि प्रेम सम्बन्धमा रहेका छन् ।

फिल्म ‘भारत’ अहिले फ्लोरमा रहेको छ । फिल्ममा सलमानसँगै दिशा पटानी, तब्बूलाई पनि देख्न सकिने छ । यद्यपी प्रियंकाको भूमिका केट्ररीनाले खेल्ने चर्चा चलिरहेको भएपनि अब कसलाई खेलाउने भन्ने निश्चित भइसकेको छैन उनले जनाएका छन ।



प्रतिक्रिया दिनुहोस्