Logo

कांग्रेसमा देउवा र पौडेल पक्षबीच तनाब बढ्यो, यस्तो छ निहुँ !



काठमाडौं, ३१ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला महासमिति बैठक भदौभित्रै गर्नुपर्ने भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई ठूलो दबाब दिएका छन् ।

स्रोतका अनुसार केन्द्रिय कार्य समितिको बैठकमा महासमिति बैठक भदौमा गर्ने निर्णय भएकोले उक्त निर्णय अनुसार नै बैठक डाक्नुपर्ने नेता पौडेलको जिकिर छ । तर, सभापति देउवाले भने महासमिति बैठकलाई सकेसम्म दशैं तिहारपछि बोलाउने तयारी गरेका छन् । देउवाको यो तयारीको सुईंको पाएपछि नेता पौडेल भने उनीसँग असन्तुष्ट बनेका छन् ।

महासमिति बैठक भदौमा गर्नुपर्ने मागसहित नेता पौडेलले आफू पक्षका नेताहरुलाई साथमै लिएर देउवासँग भेट गरिसकेका छन् । आफूहरुको मागमा देउवा गम्भिर नबने जस्तोसुकै कडा कदम चाल्नपनि आफूहरु बाध्य हुने पौडेल पक्षका नेताहरुको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्