Logo

सरकारको काममा व्यवधान नपुर्याउन कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी



काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सरकारको काममा अनावश्यक बाधा तथा व्यवधान नपुर्याउन कडा चेतावनी दिएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कांग्रेसलाई यस्तो चेतावनी दिएका हुन् ।

उनले झुटको खेती गरेर जनतालाई अन्योलमा राख्ने काम तत्काल बन्द गर्न समेत कांग्रेसलाई आग्रह गरे । उनले भने,‘कांग्रेसले जनतामा भ्रम फैलाउने काम गरेको छ । यस्तो गलत काम तत्काल बन्द गरोस ्।’ स्वस्थ प्रतिस्पर्धाका आधारमा राजनीति गर्न कांग्रेसलाई ओलीको सुझाव छ ।
उनले राष्ट्रिय स्वाभिमान, अखण्डता र शान्तिलाई खल्बलाउन खोज्ने जो कोहीलाई पनि सरकारले नियन्त्रण लिने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्