Logo

वर्तमान सरकार करबारे अलिक हतारो देखियो : डा. अधिकारी



काठमाडौं, ३१ साउन । अर्थविद् डा. चन्द्रमणि अधिकारीले जनताबाट उठाईएको करलाई जनताकै भलाईमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दैउनले भने,‘करको सिद्धान्त अनुसार मैले यसो भन्दैछु, करबारे अहिले सरकारले केही हतारो देखाएको छ, तयारी र जानकारीबिना गरिने कामहरुले सरकारलाई अलोकप्रिय बनाउँछ, जनतालाई कर भनेको सभ्यताको सूचक हो भन्ने कुरा जानकारी गराउनुपर्छ, कर बढाएरमात्रै देशको विकास र राष्ट्रिय पुँजी निर्माण हुँदैन, कर संकलनमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।’

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले अघि थपे,‘राज्यले प्राप्त गरेको करलाई उचित रुपमा उपभोग गर्नुपर्छ, स्थानीय तहमा केही कमजोरीहरु छन् भने त्यसलाई सम्बोधन गर्नुपर्छ, केन्द्रीय अर्थमन्त्रीले प्रदेशका अर्थमन्त्रीसँग बसेर करबारे स्पष्ट धारणा तयार पार्नुनै उत्पन्न भएका आवाजहरुको उत्तर हुनेछ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot