Logo

सरकार दिन प्रतिदिन अलोकप्रिय बन्दै गैरहेको छ : प्रधान



काठमाडौं, ३१ साउन । उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले सरकार अलोकप्रिय बन्दै गएको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘वर्तमान सरकार दिन–प्रतिदिन अलोकप्रिय बन्दै गैरहेको छ, चुनावको बेलामा बाँडिएका सपनाहरुविपरित सरकारले काम गर्दै गैरहेको छ, कुनै छलफल नगरी, कुनै बहस नगरी सरकारले करको दर बढाएको छ, केही कामहरु राम्रा पनि गरेको छ, भएको कुरा भन्नुपर्छ, संघीयतालाई कार्यान्वयन गर्ने बहानामा जनतालाई मर्कामा पार्नुहुँदैन् ।’

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले अघि थपे,‘सरकारी खर्चलाई पारदर्शी बनाउनुपर्छ, सामान्य रोग वा बिरामी हुँदा विदेशमा उपचार गर्न जानुको साटो जनताको वास्तविक स्थितिबारे बुझेरमात्रै काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो, हाम्रो देशको संघीयता केन्द्रदेखि गाउँकेन्द्रित छ, स्थानीय सरकार सञ्चालनको लागि आवश्यक कानून निर्माण नभएको स्थितिमा कर बढाउँदा जनतामा निराशा त छाउँछ, तर करलाई व्यवस्थित गर्ने हो भने जनता र मुलुककै विकास हुने त हो नि ।’



प्रतिक्रिया दिनुहोस्