काठमाडौं, ३१ साउन । भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार अपराह्न निधन भएको छ।
नयाँ दिल्लीस्थित अल इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा विगत जुन ११ देखि भर्ना भएका बाजपेयी मृगौला, मूत्र प्रणालीमा संक्रमण, पिसाब कम आउने र छातीमा रगत जम्ने रोगबाट प्रभावित हुनुका साथै बिर्सने रोग डिमेन्सियाबाट आक्रान्त थिए।
भारतीय जनता पार्टीका संस्थापक नेता समेत रहेका वाजपेयीलाई सन् २००९ मा मस्तिष्काघात भएको थियो। सन् १९२४ मा जन्मिएका बाजपेयी सन् १९९६ मा पहिलो पटक १३ दिनका लागि प्रधानमन्त्री बनेका थिए।