भदौ १, काठमाण्डौ । नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले १ सय ६५ वर्षपछि मुलुकी ऐन विस्थापित भएर फौजदारी संहिता र देवानी संहिता लागु हुनु स्वागतयोग्य भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले नयाँ कानुनआउनु सकारात्मक भए पनि सरोकारवालासँग छलफल नगरी कानुन बनाइनु गलत भएको बताए ।
विभिन्न क्षेत्रले नयाँ कानुनप्रति असन्तुष्टी व्यक्त गर्नु स्वभाविक भएका भन्दै उनले सबै पक्षलाई सन्तुष्ट बनाउने गरी संशोधनको आवश्यकता देखिएको बताए ।
“लागु हुनुअघि सरोकारवाला निकायले छलफल गर्ने मौका नै पाएनन् । कमी कमजोरी हुन सक्छ नि । अब संशोधनको माध्यमबाट थपघट गर्नुपर्छ ।” केसीले भने ।
नयाँ कानुनलाई कार्यान्वयन गर्नुको विकल्प नभएको भन्दै केसीले आवश्यकताअनुसार संशोधन गर्नुपर्ने कुरामा सरकार तयार हुनुपर्ने उनको भनाई छ ।
सम्बन्धित समाचार :
मुलुकी अपराधसंहिता : छ वटा अपराधमा आजीवन कैद-पढ्नुस, शेयर गर्नुस्,
देवानी संहिताले श्रीमानलाई बलियो बनायो, यस्तो छ सम्बन्धविच्छेदको व्यवस्था
नयाँ ऐनको कमाल, ज्यूँदो मान्छेसमेत मृत ?
सरकार ! चिकित्सक अपराधी होइनन्, ऐन संशोधन गरौँ : डा. पौडेल
व्यङ्ग्यका लागि कार्टुन बनाए जेल, टेलिफोन-फेसबुकबाट धम्की दिनेलाई १ वर्ष कैद
राष्ट्रपतिको अपहरण गरेमा के हुन्छ ? यस्तो बन्दैछ कानुन
नेपालमा मागेर खाने मगन्तेलाई जेल हाल्न यस्तो बन्यो नियम
डाक्टरलाई अंकूश : बिरामीको मृत्य भए जेल हालिने(भिडियोसहित)
पैसाको जतन गर्ने बानी बसाल्नुस्, नत्र यस्तो फन्दामा पर्नुहुनेछ
तीन महिनासम्म घर भाडा नतिरे कारबाही गरिने