Logo

अलविदा अटलबिहारी !



भदौ १, काठमाण्डौ । भारतका पूर्व प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका संस्थापक नेता अटलबिहारी वाजपेयीको ९३ वर्षको उमेरमा अपराह्न निधन भएको छ । वाजपेयीको आजै अपराह्न ४ बजे अन्त्येष्टि गरियो । दिवगंत बाजपेयी को हुन् त ?

९३ वर्षका उमेरमा बिहीबार निधन भएका वाजपेयीको जीवन समान्य थिएन । सन् १९२४ मा जन्मिएका बाजपेयीले आफ्नो पहिलो लोकसभा चुनाव १९५२ मा लडेका थिए । तर ,उनले जित भने १९५७ मा निकाले । त्यो बेलादेखि सन् २००९ सम्म उनी लगातार संसदीय राजनीतिमा सक्रिय रहे । सन् १९७७ मा उनी पहिलो पटक मन्त्री भए । त्यसपछी सन् १९९६ मा उनी १३ दिनका लागि प्रधानमन्त्री बने । सन् १९९८ मा फेरि उनलाई प्रम बन्ने मौका मिल्यो ।

त्यो बेला उनको सरकार केबल १३ महिना टिक्यो । त्यसपछी भएको लोकसभा चुनावमा एनडीए गठबन्धनको बहुमत सरकार बन्यो र वाजपेयीले प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल पूरा गरे । उनी सन् १९९१, १९९६, १९९८, १९९९ र २००४ मा लखनउबाट लगातार लोकसभा सदस्यमा निर्वाचित भएका थिए । भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट समेत बाजपेयीलाई सम्मानित गरिएको छ । अटल बिहारी बाजपेयी नौ पटक लोकसभामा निर्वाचित भएका छन् । वाजपेयी देशको सक्रिय राजनीतिमा पाँच दशक भन्दा धेरै समय सक्रिय रहे । उनी देशको पहिलो गैरकांग्रेसी प्रधानमन्त्री थिए ।

वाजपेयीको शरिरलाई उनको निधनमा भारत सरकारले सात दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । दिल्लीसहित मध्यप्रदेश, उत्तरप्रदेश, राजस्थान, बिहार, झारखण्ड, पञ्जाबका विद्यालय तथा कलेजमा छुट्टी दिइएको छ । उनलाई अंतिम बिधाई गर्न प्रधानमंत्री नरेंद्र मोदी, भाजपा अध्यक्ष अमित शाह, वरिष्ठ भाजपा नेता लालकृष्ण आडवाणी, दिल्लीको सीएम अरदि केजरीवाल, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, राहुल गांधीका साथै थुप्रै नेताहरु उपस्थित भएका थिए। त्यसै गरी बांलादेशका विदेश मंत्री अबुल हसन मांहम्मद अली, श्रीलंकाका विदेश मंत्री लक्ष्मण किरैलला पनि अंतिम बिधाई गर्न दिल्ली पुगेका थिए ।

वाजपेयीको अन्त्येष्टिमा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली दिल्ली गएर श्राद्धानजलि दिएका छन् । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी पनि श्रद्धान्जलीका लागि पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्