भदौ २, काठमाण्डौ । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको स्वीजरल्याण्डमा निधन भएको हो । सन् १९९७ देखि २००६ सम्म राष्ट्रसंघको महासचिवका रुपमा दुुई कार्यकाल बिताएका अन्नान, विश्वकै सर्वोच्च कुटनीतिक पदमा पुग्ने पहिलो अस्वेत नागरिक हुन् ।
घानाका कूटनीतिज्ञ अन्नानको उपचारका क्रममा स्वीटजरल्यान्डमा निधन भएको हो । उनी केही वर्षदेखि जेनेभामा बस्दै आएका थिए । उनका श्रीमती तथा तीन सन्तान छन् ।
कोफी अन्नानका जन्म सन् १९३८ अप्रिल ८ मा घानाको कुमासी गाउँमा भएको थियो । उनी १ जनवरी १९९७ देखी ३१ डिसेम्बर २००६ सम्म संयूक्त राष्ट्र संघको सातौं महासचिवको रूपमा सेवारत रहेका थिए । कोफी अन्नानले १९५४ देखि १९५७ सम्म्म केप कोस्टमा १८७० तिर स्थापना भएको मेथोडिस्ट आवासिय विद्यालय एलाईट म्फान्टसिपिम विद्यालयमा अध्ययन गरेका हुन् ।
https://www.youtube.com/watch?v=tTldbMV4ehs&feature=youtu.be
१९५८ मा उनले कुमासी कलेज अफ साइन्स एन्ड टेक्नोलोजी मा अर्थशास्त्र विषयको अध्ययन शुरू गरका थिऐ। अन्नान र संयूक्त राष्ट्र संघ २००१मा विकासशिल राष्ट्रहरूको सहयोगको लागि विश्व एड्स तथा स्वास्थ्य कोषको स्थापना गरे वापत प्राप्त नोवल पुरस्कारमा सहप्राप्तकर्ता भए । राष्ट्रसंघको महासचिवबाट अबकास पाएपछि उनले राष्ट्रसंघकै विशेष दुतका रुपमा सिरियाको द्वन्द्व अन्त्यको प्रयास समेत गरेका थिए ।
उनले १००७ देखि २००६ सम्म राष्ट्रसंघको विशेष दूत भएर काम गरेका थिए ।अन्नान मार्च २००१ मा नेपाल आएका थिए । नेपाल भ्रमणको क्रममा अन्नानले स्वर्गीय राजा वीरेन्द्रसँग भेटवार्ता गरेका थिए । उक्त समयमा नेपालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र चक्र बाँस्तोला परराष्ट्रमन्त्री थिए ।
नेपालको १० वर्ष द्वन्द्व र उनको राष्ट्रसंघको कार्यकाल लगभग एकै समय परेको थियो । अन्नानले शान्ति प्रक्रिया शुरु गर्नका लागि ‘ल्याक्डर ब्राहिमी’ लाई समेत नेपाल पठाएका थिए ।अन्नानकै कार्यकालमा नेपालमा संयुक्त राष्ट्रसंघ शरणार्थी उच्च आयोग (यूएनएचसीआर) को कार्यालय स्थापना भएको हो ।
उनी रोहिंग्या समस्या समाधानको लागि गठन गरिएको आयोगको अध्यक्ष समेत हुन् । समाज सेवाका लागि उनले ‘कोफी अन्नान फाउन्डेशन’ समेत गठन गरेका छन् ।