Logo

नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी पूर्णचन्द्र थापा बन्ने पक्का



भदौ ३, काठमाण्डौ । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई २०७५ भाद्र २४ गतेदेखि नै लागूहुने गरि सेनाको महारथी पदमा पदोन्नती गरि प्रधानसेनापति पदका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले मौलिक हक सम्बन्धी बिभिन्न तीन बिद्येयक सदनमा पेश गर्ने निर्णय पनि गरेको छ । बिश्व बैंक समूहको अन्तराष्ट्रिय बिकास संस्थाबाट एकीकृत सार्वजनिक बित्त व्यवस्थापन सुधार आयोजनाका लागि प्राप्त हुने अनुदान सहायता रकम करिव १ अर्व ६४ करोड स्वीकार गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै बैठकले डाक्टर डिल्लीराज खनालको अध्यक्षतामा ५ सदस्यीय सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गर्ने, पञ्चेश्वर बिकास प्राधिकरणमा नेपालको तर्फबाट अतिरिक्त प्रमुख कार्यकारी अधिकृतमा उर्जामन्त्रालयका सहसचिव चिरज्जीवी चटौतलाई काजमा खटाउने निर्णय गरेको छ । त्यस्तै बिमेष्टेक बैठकमा हुने ग्रीड सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रमन्त्रीलाई अख्तियारी दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले अस्थायी तथा सेवा करार सम्झौता बमोजिमका जनशक्तिको व्यवस्थापन गर्ने निर्णय गरिएको छ भने यसको व्यवस्था सामान्य प्रशासन मन्त्रालयले मिलाउने निर्णय पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस्