Logo

उद्योग मन्त्री यादवले यसरी थर्काए कर्मचारीलाई (भिडियोसहित)



भदौ ३, काठमाण्डौ । कर्मचारीतन्त्रका कारण सरकारको काम प्रभावकारी नभएको भन्दै मन्त्रीहरु कर्मचारीसँग रिसाउन थालेका छन् । सरकार गठन भएको ६ महिनासम्म पनि अपेक्षा गरेअनुसार काम नभएको भन्दै आलोचना बढिरहँदा मन्त्रीहरु भने आक्रोषित देखिएका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले काम गर्न छोडेर राजनीति गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले आयल निगमका कर्मचारीहरु, कर्मचारी कम र नेता बढी भएको आरोपसमेत लगाए । त्यस्ता कर्मचारीको व्यवहारलाई मन्त्रालयले सहन नसक्ने यादवले बताए । कर्मचारी नेता बन्दा काम गर्न अप्ठ्यारो भएको भन्दै उनले त्यस्ता कर्मचारीको क्रियाकलापप्रति चासो राख्न समितिको ध्यानाकर्षण गराए । उनले कर्मचारीको व्यवहार नसच्चिए त्यस्ता कर्मचारीको विकल्प सोच्न मन्त्रालय बाध्य हुने उल्लेख गरे ।

उनले निगममा महाप्रबन्धक नियुक्त गर्नका लागि परीक्षा भईसकेको भएपनि राष्ट्रिय आपूर्ति कम्पनी गठन भएकाले तत्काल नियुक्त गर्ने नगर्ने भन्नेमा दुविधा भएको स्पष्ट पारे । उनले यसबारे छलफल भईरहेकाले मन्त्रालय छिटै निर्णयमा पुग्ने स्पष्ट पारे । मन्त्री यादवले नयाँ ग्यास कम्पनी खोल्नमा रोक लगाएका कारण कतिपय स्थानमा ठुलो समस्या देखिएको उल्लेख गर्दै विषय र स्थान विशेषका आधारमा रोकतोक लगाउनुको सट्टा नियमनमा बढी चासो राख्न समितिलाई सुझाव दिए ।

आयल निगमका प्रमुख शुशील कुमार भट्टराईले सामान्य अवरोधले इन्धन आपूर्तिमा असर नपर्ने नरि भण्डारण क्षमता विस्तारको तयारी भईरहेको बताए । इन्धन खपतका दृष्टिले प्रदेश नम्बर ३ मा भण्डारण क्षमता बढी बनाउनुपर्ने देखिएकाले ललितपुर, त्रिसुली र चितवनमा भण्डारणगृह गर्ने गरि तयारी भईरहेको उनले स्पष्ट पारे ।

समितिले इन्धन आपुर्ति, इन्धनमा लाग्ने कर, मुल्यवृद्धि तथा संघीय संरचना अनुसार प्रदेशगत इन्धन भण्डारणका लागि भईरहेको कामबारे जानकारी लिन सम्बन्धीत मन्त्री र आयाल निगमका प्रमुखलाई बैठकमा बोलाएको हो । बैठकमा समिति सदस्यहरुले पेट्रोलियम पदार्थ आपूर्ति, खाना पकाउने ग्यास, तथा आवश्यक भण्डारण क्षमताको विस्तारमा निगमबाट भईरहेका प्रयास बारे जिज्ञासा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्