Logo

कालिमाटी तरकारी बजार अनुगमनका लागि गएको सरकारी टोलीलाई व्यापरीले थुनेपछि….



भदौ ४, काठमाण्डौ । कालीमाटी तरकारी बजार अनुगमन गर्न गएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको टोली र व्यापारीहरुबीच विवाद भएको छ । व्यापारीहरुले अनुगमनमा गएको टोलीलाई केही बेर नियन्त्रणमासमेत लिएका छन् ।

सोमबार बिहान अनुगमनमा गएको टोलीलाई भित्र राखेर व्यापारीले गेटमा धर्ना दिएका थिए । उक्त टोलीलाई छुटाउन त्यहाँ थप प्रहरी समेत परिचालन गरिएको थियो ।

काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुर र बाराबाट तरकारी बोकेर आएको गाडीबाट बिल र कागजातमाग्दा नपाएपछि टोलीले नियन्त्रणमा लिएको थियो । त्यसपछि त्यहाँ विवाद बढेको हो ।

अनुगमन स्थलमा विवादको समाधान नभएपछि वार्ताका लागि ब्यापारीहरुलाई १० बजे आपूर्ति बिभागमा बोलाइएको छ ।

अनुमगनमा गएको टोली र व्यापारीबीच केही बेर वादविवाद भए पनि अहिले स्थिति सामान्य भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्