Logo

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना



काठमाडौँ, ४ भदौ । न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना हुनुभएको छ ।

साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना हुनुभएको थियो ।“मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,” साइकलको तस्वीर सहित सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ ।

गेन्टर अहिले ४२ हप्ताकी गर्भवती हुनुहुन्छ । उहाँले महिला मन्त्रीको कार्यभार मात्र नभई यातायात मन्त्रालयको समेत कार्यभार सम्हाली रहनुभएको छ । उहाँ दिगो यात्राका अभियन्ता पनि हुनुहुन्छ ।

उहाँको ग्रीन पार्टीकी एकजना प्रवक्ताले सोमबार साँझसम्म उहाँको बच्चा जन्मिएको छैन, तर उहाँ प्रतिक्षारत हुनुहुन्छ ।यो घटना गत जुनमा मात्र न्यूजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेन प्रसूति बिदापछि नियमित काममा फर्केको केही हप्तापछि नै भएको छ ।

गत वर्ष निर्वाचित आर्डेन पदमै रहँदा बच्चा जन्माउने विश्वमै दोस्रो वरिष्ठ कार्यकारी हुनुभएको थियो । विगतमा सन् १९९० मा पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोले पदमै रहँदा बच्चा जन्माउनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot