काठमाडौँ, ४ भदौ । फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्याबारे सोधपुछ गर्न प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ। झाको हत्याबारे अनुसन्धान थालेको महानगरीय अपराध महाशाखाले झाको घरमा काम गर्ने सानु तामाङ र दुई जनालाई नियन्त्रणमा लिएको हो ।
घटनाको अनुसन्धानका लागि ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।
झा श्रीमतिसहित घरमा बस्दै आएका थिए। उनको घरमा अन्य तीन जना कामदार पनि बस्थे। सानु तामाङ झाको घरमा ७ वर्षदेखि कुकको रुपमा कार्यरत थिए । दुई जना भने हप्तामा दुई-तीन दिन सरसफाइका लागि आउने गरेका थिए ।
८० वर्षीय झा बबहरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका हुन् । झा हत्या गरिएको अवस्थामा आफ्नै घरको कोठामा फेला परेका हुन्।