Logo

पत्रकार धमलाद्धारा अशोक दर्जीलाई २५ हजार सहयोग प्रदान



काठमाडौं, ५ भदौ । बालगायक अशोक दर्जीको घर निर्माण समितिले सोमबार दमकमा बिभिन्न सेलिब्रेटीको उपस्थितिमा अशोक दर्जीको परिवारलाई घर हस्तान्तरण गरेको छ।

सोमबार आयोजना गरिएको कार्यक्रममा बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र पत्रकार ऋषि धमलाले संयुक्त रुपमा अशोक दर्जीको बुवा आमालाई घरको साँचो हस्तान्तरण गरे।

गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीको सक्रियतामा घर निर्माण सम्पन्न भएको हो। अशोकको घर बाहिरबाट जति राम्रो बनेको छ, भित्र सामानहरू, फर्निचरहरू पनि त्यतिकै राम्रा र बहुमूल्य छन्।

घर हस्तान्तरण कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष एवम् बरिष्ठ पत्रकार ऋषि धमलाले अशोक दर्जीलाई अन्तराष्ट्रिय कलाकार भएको घोषणा गर्दै रु २५ हजार सहयोग समेत हस्तान्तरण गरेका थिए ।

औपचारिक रुपमा दुईवटा गीत अशोकको सार्वजनिक भइसकेको छ भने उनी देश विदेशमा हुने साङ्गीतिक कार्यक्रममा सहभागी हुन थालेका छन् ।

VIDEO SOURCE: Filmypati Media



प्रतिक्रिया दिनुहोस्

Screenshot